७ जेष्ठ २०८१, सोमबार

 

नारी शक्ति बुर्तिबाङले ग¥यो दशैँको शुभकामना आदानप्रदान

बडादशैँ तथा शुभदिपावली नजिकिए संगै सक्षम महिला समृद्ध नेपल भन्ने नाराका नारी शक्ति बुर्तिबाङले सोमबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । नरी शक्ति बुर्तिबाङकी अध्यक्ष गण्डकी थापा अधिकारीको अध्यक्षता , ईलाका प्रशासन कार्यालयका प्रमुख जनक थापाको विशिष्ट आतिथ्यता मा भएको कार्यक्रममा , ढोरपाटन नगरपालीका का नगरप्रमुख देबकुमार नेपालीले पानसमा बत्ति बालेर उद्घाटन गेका थिए ।

नेपालीले सक्षम महिला समृद्ध नेपाल भन्ने नाराले एउटा महत्वपुर्ण कुरा बोकेको बताउदै यस नारालाई ब्याबहारमा परीवर्तन गर्नका लागी सम्पुर्ण नारीहरु एकजुट हुनुपर्ने बताए । हरेक मानिसलाई जन्म दिने महान ब्याक्ति नारी नै भएको र कुनै पनि ब्याक्ति सफल हुनुमा नारीको ठुलो हात रहने बताए ।

नारीहरु मा सहनशिलता , ईमान्दारीता , धैर्यता र महानता रहेकाले नै नारीहरु समाजमा एउटा छुट्टै छबि बनाउन सफल भएको बताउदै महिलाहरु अझै अग्रस्थानमा पुग्नका लागि महिलाहरु एकताबद्ध हुनु पर्ने बताए ।

उनले नारी शक्तिले चाहे जुनसुकै विकसका क्षेत्रमा पनि अगाडी बढ्न सक्ने बताउदै विकासका क्षेत्रमा आफ्नो व्याक्तिगत तथा सिङ्गो ढोनपाको तर्फबाट आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

साथै उनले नारी शक्तिले यस समुदायमा स्वास्थ्य शिक्षा तथा विभिन्न सामाजिक कार्यमा अगाडी रहने भन्दै एक कोष स्थापना गर्नका लागी रु २५ हजार सहयोग गर्ने बताए । कार्यक्रम कै अवसरमा , ईलाका प्रहरी कार्यलयका प्रहरी सहायक निरीक्षक , रोहीत बिश्वकर्मा , स्वास्थ्य बिमाका जिल्ला प्रबन्धक जीवलाल खरेल , बुर्तिबाङ बचत तथा ऋिण सहकारी संस्थाकी अध्यक्ष रत्ना कुमारी शेरचन , महिला समाजसेबि दुर्गादेबि घर्ति , महिला समाजसेबि धनसरी कंडेल , बुर्तिबाङ महिला समन्वय समितीकी संयोजक दिलमायाँ पौबी , रेडीयो ढोरपाटनका तर्फबाट लक्ष्मी अर्गेजा , रेडियो परिवर्तनको तर्फबाट जानुका खरेल र रेडीयो बुर्तिबाङको तर्फबाट झरना कंडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्