३ श्रावण २०८३, आईतवार

 

सफल महिला सहकारी बेनीको साधारण सभा: ‘विकासको उत्कृष्ट मोडेल सहकारी’-शर्मा

सफल महिला बचत तथा ऋण सहकारी जलजला–३ पर्वत बेनीको ५ औं वार्षिक साधरण सभा शुक्रवार भएको छ । कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफ्स्कूनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेलले समुदायको आर्थिक, समाजिक र सास्कृतीक विकासका लागि सहकारी नै एक मात्र उत्कृष्ठ मोडल भएको बताए ।

सहकारी मार्फत देशको अर्थतन्त्र सुधारउन्मुख भईरहेको वर्तमान अवस्थामा राज्यले सहकारीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने पौडेलको भनाई थियो । राज्यले संविधानमा अर्थतन्त्रको ३ खम्वाको रुपमा सहकारीलाई उल्लेख गरेतापनी सहकारी तर्फको खम्वालाई त्यती महत्व नदिएको आरोप पौडेलले लगाए । सफल महिला साकोसले गरेका कार्यहरुको प्रशंसा गर्दै महिलाहरुको आर्थिक विकास, शशक्तिकरण र नेतृत्व विकासमा समेत सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताए ।

कार्यक्रममा जलजला गाउँपालीकाका उपाध्यक्ष सिता पुन, पर्वत उद्योग वाणिज्य संघ उपशाखा मल्लाजका महासचिव चित्रवहादुर रेग्मी, कालीगण्डकी आमा समुहका अध्यक्ष विष्णु शर्मा लगाएतले साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

संस्थाका अध्यक्ष ईश्वरी हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कोषाध्यक्ष हरि गिरी र सञ्चालन सचिव अमृता भण्डारीले गरेकी थिईन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung