३ श्रावण २०८३, आईतवार

 

सहकारीमा सबैको सहभागिता जरुरी : शर्मा

बागलुङमा रहेको निलगिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन शनिबार सम्पन्न भएको छ । कार्यक्रमको उद्धघाट्न गर्दै नेपाल बचत तथा ऋण सहकारी संस्थाका केन्द्रिय संचालक समिति सदस्य चण्डी प्रसाद शर्मा पौडेलले सहकारीले गैह्र सदस्यहरु बिचको कारोबारको अन्त्य गर्नुपर्ने बताए ।

उनले सहकारी भनेको समुदायमा केन्द्रित संस्था हुने हुँदा यसमा सबै वर्गको सहभागिता हुन जरुर रहेको बताए । कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार भुमिश्वर गौतम, बागलुङ नगरपालिका ११ रायडाँडाका वडा सदस्य एवं शेयर सदस्य ज्ञानेन्द्र गौतम, रायडाँडा सहकारी संस्थाका अध्यक्ष प्रेम प्रसाद पौडेल, स्वास्थ्य सहकारी संघ बागलुङका अध्यक्ष सिता शर्मा, साझेदारी बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष गणेश लम्साल, लगायतले बोलेका थिए ।

२०६५ सालमा स्थापना भएको यस संस्थाले हाल सम्म ३२ करोड, ७ लाख ७ हजार २ सय पैत्तिस रुपैयाका उनासी पैसाको कारोबार गरेको छ ।
साधारण सभाको अवसरमा संस्थामा विभिन्न विधामा योगदान गरेकालाई सम्मात तथा पुरस्कार प्रदान गरेको थियो । जसमध्ये उत्कृष्ट शेयर सदस्यको रुपमा प्रकाश पौडेल, उत्कृष्ट चल्ती बचतकर्ताको रुपमा भरत शर्मा, नारायण ढुुंगाना, पार्वती पौडेल, र लिलाधर गौतमलाई सम्मान गरेको थियो ।

त्यसै गरी उत्कृष्ट बचत कर्ता बालबचतमा ओरोसी थापा मगर, अवधी तर्फ नरिश्वर उपाध्याय, हरिप्रसाद पाध्या, दिर्घजीवन तर्फ प्रनिश गौतम र रोशना खड्का, असल ऋणीको रुपमा रोहीत खड्का र गंगा बहादुर थापा त्यसै गरी उत्कृष्ट कर्मचारीको रुपमा निरु पौडेल र इन्द्र बहादुर केसी उत्कृष्ट जेष्ठ शेयर सदस्यको रुपमा चुडामणी पौडेललाई सम्मान गरिएको थियो । त्यसै गरी सहकारीले नेपाल पत्रकार महासंघको भवन निर्माणका लागि ५ हजार १ सय ५५ रुपैयाँ महासंघका सदस्य नारायण रिजाललाई सहयोग हस्तान्तरण गरेको थियो ।

साधारण सभाले सचिव मिन बहादुर केसी मिलनको प्रगति प्रतिवेदन कोषाध्यक्ष कृष्ण प्रसाद शर्माको आर्थिक प्रतिवेदन र लेखा समिति सदस्य डिल्ली प्रसाद शर्माको लेखा प्रतिवेदन सर्व सम्मत पारित गरेको थियो । संस्थाको शनिबार नै भएको चौथो अधिवेशनले नारायण पौडेलको अध्यक्षतमा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा डिल्ली प्रसाद गौतम, सचिवमा मिन बहादुर केसी ‘मिलन’ सह–सचिमा गोविन्द बहादुर पौडेल, र कोषाध्यक्षमा कृष्ण प्रसाद शर्मालाई चयन गरिएको छ ।

त्यसैगरी समितिको,सदस्यहरुमा ज्ञानेन्द्र गौतम, राजु पौडेल, कल्पना सुवेदी, प्रकाश गौतम, रवि सुवेदी दिलप्रसाद शर्मा, देवप्रकाश घिमिरे प्रदिप पन्त र ईन्द्र बहादुर के.सी रहेका छन । अधिवेशनबाट लेखा समितिको संयोजकमा आनन्द प्रसाद रिजाल, साथै सदस्यहरुमा नरेन्द्र कंडेल र पार्वती पौडेल चयन गरको छ ।

त्यसैगरी विभिन्न उपसमिति अन्र्तगत ऋण उप समिति संयोजकमा डिल्ली प्रसाद गौतम, सदस्यमा डिल्ली प्रसाद शर्मा र चित्र बहादुर केसी शिक्षा उपसमिति अन्र्तगत संयोजकमा मतिप्रसाद शर्मा सदस्यमा कमला नेपाली र प्रकाश पौडेललाई चयन गरेको छ । निलगिरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नारायण पौडेलको अध्यक्षता उपाध्यक्ष डिल्ली प्रसाद गौतमको स्वागत र सचिव मिन बहादुर के.सी मिलनको संचालनमा कार्यक्रम सम्पन भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung