२९ बैशाख २०८२, सोमबार

 

समृद्ध अर्थतन्त्रका लागि कृषि र पशुपालन प्रबद्र्धनमा जोड दिउँ : जि.सी. 

राष्ट्रिय सहकारी बैंकका केन्द्रीय सञ्चालक रामबहादुर जिसीले नेपालको आर्थिक विकास गरी स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुक बनाउनका लागि कृषि र पशुपालनजन्य उद्यमको विकास गरी रोजगारी सिर्जना गर्नु पर्नेमा जोड दिएका छन ।

जन एकता कृषि तथा पशुपालन व्यवसायी सहकारी संस्था लिमिटेड गलकोट नगरपालिका–५ हरिचौरको आठौ वार्षिक साधारणसभाको शनिवार उद्घाटन पछि बोल्दै यस्ता बताए ।

हाम्रो देशको भौगोलिक अवस्थाका कारण कृषि र पशुपालन क्षेत्रको विकासका लागि प्रशस्त संभावना रहेको र यसबाट विभिन्न उद्यमहरु सञ्चालन गरी रोजगारी दिन सकिने भएकाले यसतर्फ लाग्न उहाले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई आव्हान गरेका छन ।

खाद्यान्न लगायत दुग्धजन्य पदार्थका धेरै परिकारहरु बाहिरबाट आयात हुने र त्यसले नेपालीहरुको स्वास्थ्य र वचतमा समेत समस्या पार्ने भएकाले स्थानीय स्तरमै उत्पादन बढाउने र प्रशोधनका काम गर्ने खालका योजना निर्माण गरी अगाडि बढ्नु पर्नेमा उनले जोड दिए ।

सहकारी क्षेत्रमा रहेको श्रम, सीप र पूँजिलाई कृषि क्षेत्रको आधुकीकरण र व्यवसायिक पशुपालनमा लगाउन सके त्यसबाट राम्रो प्रतिफल आउने भन्दै उहाँले योजना बनाएर अगाडि बढ्न सुझाव दिए ।

कार्यक्रममा बहुउद्देश्यीय सहकारी संघ बागलुङका अध्यक्ष अञ्जु जिसी (हुमा), गलकोट वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामबहादुर खत्री, जनउत्थान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमबहादुर सुनार, सहयोगी महिला विकास बहुउश्यीय सहकारी संस्थाका अध्यक्ष भगवती मल्ल, गलकोट नगरपालिका वडा नं. ६ का वडा सदस्य भीमबहादुर विक, पशुसेवा केन्द्र हरिचौरका प्रमुख रामनारायण श्रेष्ठ, शेयर सदस्य खगी श्रीस लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभामा सचिव विष्णु विकले प्रगति प्रतिवेदन, कोषाध्यक्ष गणेश श्रीस मगरले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक हर्कबहादुर घर्ति मगरले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारणसभाको उद्घाटन समारोह संस्थाका अध्यक्ष ललित श्रीसको अध्यक्षता, उपाध्यक्ष हिराबहादुर घर्तिको स्वागत र सचिव विष्णु विकको सञ्चालनमा सम्पन्न भएको थियो ।   संस्थाले कृषिजन्य उत्पादन, उत्पादित वस्तुको प्रशोधन र बजारीकरण लगायतका काम गर्दै आइरहेको छ ।

बेसार उत्पादन र प्रशोधनका साथै कृषिजन्य पदार्थको विक्री वितरणका लागि सुपथ मूल्य पसल समेत संस्थाले सञ्चालन गर्दै आइरहेको छ । बाख्रापालन, कुखुरापालन, भैसीपालन लगायतका काम गर्न तथा तरकारी खेती, सुन्तला खेती लगायतका व्यवसाय गर्नका लागि संस्थाले कर्जा लगानी र प्राविधिक सिपहरु उपलब्ध गराउदै आएको संस्थाका अध्यक्ष ललित श्रीसले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung