३ श्रावण २०८३, आईतवार

 

धौलागिरी बचत तथा ऋण सहकारी संस्थाले ग¥यो दृष्टिबिहीन विद्यार्थीलाई  सहयोग

म्याग्दीको बेनीमा रहेको धौलागिरी बचत तथा ऋण सहकारी संस्थाले एक दृष्टिविहीन विद्यार्थीको पढाईका लागि आर्थिक सहयोग गरेको छ । १८ आँै वार्षिक साधारणसभा तथा छैठौँ अधिवेशनको अवसरमा शनिबार बेनपा ९ का गोपाल खत्रीलाई ३३ हजार रुपैया नगद सहयोग गरेको हो । म्याग्दी बहुमुखी क्याम्पसको स्नातक तह दोस्रो वर्षमा अध्ययनरत दृष्टिबिहीन खत्रीलाई आर्थिक अभावमा पढाईलाई अघि बढाउन समस्या परेको थियो ।

संस्थाले वार्षिक रुपमा म्याग्दी बहुमुखी क्याम्पसका ३, प्रकाश माविका १ र जामुनाखर्क माविका २ जना उत्कृष्ट विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रावृती प्रदान गर्दै आएको छ । म्याग्दी बहुमुखी क्याम्पसमा स्नाकोत्तर तह सञ्चालनका लागि आयोजित महायज्ञमा ५५ हजार रुपँैया सहयोग गरेको अध्यक्ष लिलाबहादुर बानियाले बताए । “बजारबासीको सहयोग र विश्वासका कारण विकास बैङ्क सरहको कारोबार गर्न सफल भएका छौ” अध्यक्ष बानियाले भने “मुनाफाको केही हिस्सा शिक्षा र सामाजिक क्षेत्रमा सहयोग गरेका छौ ।”

३५ जनाको दुई करोड ५५ लाख १८ हजार ४०० रुपँैया शेयर पुँजी रहेको सहकारीले गत आर्थिक वर्ष २०७३७४ मा २९ करोड ४९ लाख ३८ हजार २ सय २१ रुपँैया निक्षेप संकलन र ३२ करोड ११ लाख २२ हजार ६६५ रुपैँया कर्जा लगानी गरेको सचिव राम्जीप्रसाद सुवेदीले जानकारी दिए । ३५ लाख ९२ हजार १८८ रुपैया सञ्चालन मुनाफा गरेको सहकारीले सात लाख २० हजार ११८ रुपैया राजस्व तिरेको छ ।

अधिवेशनले लिलाबहादुर बानिया अध्यक्ष, अमृतलाल श्रेष्ठ उपाध्यक्ष, राम्जीप्रसाद सुवेदी सचिव, चन्द्रकुमार केसी कोषाध्यक्ष रहेको सञ्चालक समिति गठन गर्नुका साथै अन्य सहकारी संस्थासंग एकिकरण र सेयर पुँजी वृद्धी गर्ने निर्णय गरेको छ । सहकारीको सदस्यहरुमा रुद्रबहादुर केसी, बमबहादुर पुन, बिमला गौचन, जनकराज पाण्डे, कृष्णकुमार शेरचन, बिरेन्द्रमान शाक्य, बुद्धिप्रसाद छन्त्याल र लेखा समिति संयोजकमा सुरत केसी निर्वाचित भएका छन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung