४ श्रावण २०८३, सोमबार

 

समाजवाद उन्मुख अर्थतन्त्रका लागि सहकारी : जिसी  

राष्ट्रिय सहकारी बैंकका केन्द्रीय सदस्य रामबहादुर जिसीले संविधानमा व्यवस्था भए अनुसार समाजवाद उन्मुख शासन व्यवस्थाका लागि सहकारी माध्यम नै हाम्रो देशका लागि उपयुक्त विकल्प हुने दावी गरेका छन ।   नवरत्न बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङको सातौ वार्षिक साधारणसभाको शनिबार उद्घाटन पछि बोल्दै जिसीले स्थानीय स्रोतको अधिकतम परिचालनका लागि सहकारी क्षेत्रको प्रबद्र्धनमा जोड दिन सरोकारवालाहरुलाई आग्रह गरे ।

राजनीतिक दलहरुले संविधानमा समाजवाद उन्मुख समृद्ध मुलुक बनाउने शब्द लेखेर मात्रै हुदैन, त्यसको जग भनेको हाम्रो देशमा भएका स्रोत साधनको अधिकतम परिचालन हो र त्यसका लागि सहकारीको विकल्प छैन, जिसीले भने ।  सहकारी क्षेत्रले समाज रुपान्तरणका लागि धेरै गरेको तथ्य पेश गर्दै उनले सहकारीका नराम्रा कामको मात्रै प्रचार हुने गरेकोले राज्य सञ्चालकहरु समेत सहकारीप्रतिको राम्रो धारणा बन्न नसकेको उनले गुनासो गरे ।

स्थानीय तहले आफ्नो क्षेत्रको आर्थिक उन्नती र सामाजिक रुपान्तरणका लागि सहकारी क्षेत्रलाई अधिकतम परिचालन गर्न सुझाव दिदै उनले सहकारीका माध्यमबाट जनतालाई समृद्ध बनाउन सहज हुने धारणा राखे ।   कार्यक्रममा बहुउद्देश्यीय सहकारी संघ बागलुङका अध्यक्ष अञ्जु जिसी, बागलुङ नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष राजन जिसी, संस्थाका सल्लाहकार प्रेम केसी, मेजर तेजबहादुर खत्री लगायतले बोलेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष बलहादुर खड्काको अध्यक्षता, सचिव देवबहादुर खडकाको संचालन र सञ्चालक सदस्य संगिता खड्काको स्वागतमा सम्पन्न भएको थियो ।

सो अवसरमा जेष्ठ नागरिक नरबहादुर खडका र अमृतादेवी खडका, असल कारोबार तर्फ हरिकला घर्ती, विन्दु जिसी खडका, विजुला दर्जी, सुमित्रा कार्की जिसी, ओमबहादुर कार्की, चल्ती कारोबार तर्फ दुर्गा खडका र यामबहादुर जिसी, मासिक बचत तर्फ मन्जु खडका र तुलसी खडका, एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका छोरा छोरी सामुदायिक विद्यालय तर्फ जनक कार्की र सुनिता जिसी र निजी विद्यालय तर्फ साजन थापा, किरण खडका र शर्मिला क्षेत्रीलाई सम्मान गरिएको थियो ।

त्यस्तै उत्कृष्ट कर्मचारीको रुपमा विष्णु खडका र बाल बचत तर्फ आर्यन खड्कालाई सम्मान गरिएको थियो । सहकारीले गत आर्थिक वर्षमा ३० करोड ७३ लाख ३७ हजार ८ सय ८५ रुपैयाँ बराबरको कारोबार गरेको बताइएको छ ।   साधारणसभाले हेमबहादुर खत्रीको अध्यक्षतामा १३ सदस्यीय संचालक समिति सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा जीवन जिसी, सचिवमा देवबहादुर खड्का, सहसचिवमा संगिता क्षत्री, कोषाध्यक्षमा प्रेमबहादुर क्षत्री रहेका छन । समितिका सदस्यहरुमा भुमिकला थापा, तेजबहादुर खत्री, चक्रबहादुर खडका, सिता कार्की, प्रकाशप्रसाद शर्मा, हरिबहादुर खडका, भुपेन्द् खडका, गोविन्दबहादुर कार्की, मिनादेवी शर्मा र गुरुप्रसाद शर्मा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung