६ जेष्ठ २०८१, आईतवार

 

सहकारी संघले ग¥यो जालीनोट जोखिम व्यवस्थापन, सहकारी ऐन र कर शिक्षा तालिम

बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको आयोजना करदाता सेवा कार्यालय बागलुङको प्राविधिक सहयोग तथा सुमि टेर्डस पोखराको आर्थिक सहयोगमा बागलुङ बजारमा १ दिने सहकारी ऐन, जालीनोटको जोखिम व्यवस्थापन र कर प्रशिक्षण विषयक गोष्ठि सम्पन्न भएको छ ।

सहकारी सम्वन्धि सम्वैधानिक व्यवस्था र सहकारी ऐन २०७४ को वारेमा जानकारीे, जालीनोटको पहिचान र मेसिन सम्वन्धि जानकारी र सहकारी संघ सस्थाहरुलाई ईटिडिएस र करको वारेमा जानकारी गराई साझा बुझाईको विकास गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको उद्घाटन सत्रलाई सम्वोधन गर्दै प्रमुख अतीथि करदाता सेवा कार्यालय बागलुङका कर अधिकृत सुर्यप्रसाद चापागाईले जिल्लामा सबैभन्दा वढि कर संकलन हुने क्षेत्र सहकारी भएको बताए ।

चापागाईले सहकारी संस्थाहरुलाई कर सम्वन्धि अझै पनि राम्रो ज्ञान नहुदा“ अझै पनि जिल्लाका धैरै संस्थाहरुले करमा विलम्व शुल्क बुझाउने गरेको बताए । कार्यक्रममा जिल्ला स्वास्थ्य सहकारी संघका अध्यक्ष सीता शर्मा, सुमि टेर्डसका सञ्चालक सुर्यवहादुर शाही लगाएतले मन्तव्य राखेका थिए ।

गोष्ठिमा जालीनोटको पहिचान तथा जोखिम व्यवस्थापनको विषयमा सुमि टेर्डसका सञ्चालक सुर्यवहादुर शाही र कर सम्वन्धि जानकारी करदाता सेवा कार्यालयका कर अधिकृत सुर्यप्रसाद चापागाई र ना.सु सन्तोष पौडेल एवं सहकारी सम्वन्धमा संवैधानीक व्यवस्था र सहकारी ऐन २०७४ को बारेमा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सहजिकरण गरेका थिए ।

बागलुङ तथा म्याग्दीका ३० वटा संस्थाका ४५ जनाको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष पौडेलले गरेका थिए भने कार्यक्रमको स्वागत संघका लेखा समिति संयोजक महेन्द्र सिंह रायमाझि, सञ्चालन सचिव ऋषिराम गौतम र कार्यक्रमको समापन पत्रकार  कृष्ण कँडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्