युनियन बहुउद्देश्यीय सहकारी संस्था बागलुङको १० औँ वार्षिक साधारणसभा तथा चौँथो अधिवेशन सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले सहकारीहरु नाफामुलक भन्दा पनि सिपमुलक कार्यक्रम अगाडी बढ्नुपर्ने बताए । उनले सहकारी देश विकासको मेरुदण्ड रहेको बताउदैँ सहकारीले धेरैलाई रोजगार सिर्जना गरेको बताए । कार्यक्रममा बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष अञ्जु जिसी, शेयर सदस्य दलबहादुर कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
साधारण सभाका अवसरमा संस्थाका सचिव अगम पालिखेले प्रगती प्रतिवेदन, कोषाध्यक्ष चन्द्रकान्त पौडेलले आर्थिक प्रतिवेदन, देबबहादुर खड्काले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा संस्थाका असल बचतकर्ता, असल ऋणी, ज्येष्ठ नागरिक, एसईईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरी लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष दुर्गा कुँवरको अध्यक्षता, उपाध्यक्ष मेघनाथ शर्मा गैरेको स्वागत र सचिव अगम पालिखेको सञ्चालनमा सम्पन्न भएको थियो । यस्तै साधारणसभाले मेघनाथ गैरेको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा रविप्रसाद शर्मा, सचिव अगमकुमार पालिखे, कोषाध्यक्ष चन्द्रकान्त पौडेल, सहसचिवमा मनकाजी धमाल लगाएत अन्य सदस्यहरु रहेका छन । त्यसै क्रममा देवबहादुर खड्का संयोजक, सञ्जनकुमार श्रेष्ठ र लालबहादुर रेग्मी सदस्य रहेको लेखा समिति पनि गठन गरिएको छ ।
फोटो : मञ्जुल शाक्य













































































































































































































