२९ बैशाख २०८२, सोमबार

 

अभिभावकको स्मृतीमा विद्यालयलाई सहयोग

म्याग्दीको धौलागिरी गाउँपालिका ७ मा रहेको ताकम माविलाई एक प्रवासीले नगद र प्रविधिको सामाग्री सहयोग गरेका छन् ।साविक ताकम गाविस ३ घर भई हाल अमेरीकामा बसोबास गर्दै आएका ऋषीनाथ सुवेदीले शुक्रबार नगद १ लाख र पचास हजार रुपैया मूल्य बराबरको एक थान ल्यापटप सहयोग गरेका छन ।

दिवंगत बुवा हरिलाल र आमा तुलसी सुवेदीको स्मृतीमा विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि सहयोग उपलब्ध गराएको सुवेदीले बताए । सहयोगदाता सुवेदीले सहयोगको सदुपयोग गरि विद्यालयको शैक्षिक गुणस्तर सुधारमा जोड दिए ।प्राप्त आर्थिक सहयोग विद्यालयको भौतिक सुधार र निजी स्रोतका शिक्षकको तलबभत्तामा परिचालन गरिने विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर भण्डारीको अध्यक्षता, शिक्षक हरिहर पौडेलको सञ्चालन र निमित्त प्रअ कपिलप्रसाद सुवेदीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वडा सदस्य देवबहादुर थापा, शिक्षक अभिभावक संघका ओमबहादुर घिमीरे र प्रेमबहादुर थापाले मन्तब्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung