आस्था बचत तथा ऋण सहकारी संथा लिमिटेड बागलुङको छैठौँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य निर्माणकुमार श्रेष्ठ, शंखधर बहुउद्देश्य सहकारीका अध्यक्ष रतन मलेपती, बागलुङ सहकारीका अध्यक्ष अशोक गोविन्द राजभण्डारी, सहकारीकर्मी कृष्णशंकर श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरिष, अन्नपूर्ण सहकारीका अध्यक्ष अशोक श्रेष्ठले मन्तव्य राखेका थिए ।
कार्यक्रममा उत्कृट बचतकर्ता तर्फ विदेशकुमार श्रेष्ठ, आवधिक बचतकर्ता तर्फ लिलाम्बर बज्राचार्य, उत्कृष्ट कारोबार तर्फ सुन्दर श्रेष्ठ, उत्कृष्ट कर्मचारी तर्फ प्रबन्धक खेमराज शर्मालाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा सहकारीले १ अर्ब २ करोड ४४ लाखको वार्षिक आय व्याय प्रस्तुत समेत गरिएको थियो । सहकारीले ११ लाख ५९ हजार मुनाफा आर्जन गरेको छ ।
कार्यक्रममा आस्था बचत तथा ऋण सहकारीका अध्यक्ष श्रीजय श्रेष्ठको अध्यक्षता, वरिष्ठ सल्लाहकार श्याम श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको स्वागत उपाध्यक्ष गगनलाल शाक्यले र संचालन सचिव निलेश राजभण्डारीले गरेका थिए । कार्यक्रमको सुभारम्भ नेपाल पत्रकार महासंघ बागलुङ शाखाको भवन निर्माणका लागि ५ हजारको चेक अध्यक्ष शिरिषलाई हस्तान्तरणबाट भएको थियो ।
















































































































































































































