राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले आयातित वस्तुको प्रयोगले मानिसको स्वास्थ्यमा समस्या थपिनुका साथै धन समेत खर्च हुने भएकाले स्थानीय स्तरमै उत्पादन हुने वस्तुको बढी प्रयोग गर्न आग्रह गरेका छन । स्वास्थ्य र धन दुवै बिगार्ने खालका खाद्य तथा तरकारीजन्य पदार्थको प्रयोग रोक्नका लागि सहकारी संघ संस्थाहरुले अभियान सञ्चालन गर्नु पर्नेमा उनको जोड थियो ।
सञ्जिवनी बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड मोदी गाउँपालिका २ पर्वतको नवौँ वार्षिक साधारण सभाको शनिबार उद्घाटन पछि बोल्दै जिसीले यस्तो बताएका हुन । पछिल्लो समय मानिसहरुको आकर्षण प्याकिङ भएर आउने वस्तुतर्फ बढेको भन्दै उहने आफ्नो घरमा उत्पादन भएका पोषिला वस्तुहरु खेर जाने र विषादीको प्रयोग भएका बाहिरी वस्तुको सेवनले स्वास्थ्य अवस्था कमजोर बनाउनुका साथै धन समेत खर्च हुने भएकाले सचेत रहन उनले आग्ह गरे । 
सहकारीहरुले बचत तथा ऋणका साथै गाउँ घरमा उत्पादन हुने तरकारी लगायत खाद्यान्नका बारेमा सचेतना प्रदान गर्नु पर्नेमा जोड दिदै उनले पहिचान र उत्पादनमा ध्यान नदिएका कारण थुप्रै पोषिला स्रोत खेर गरहेको बताए । हामीसँग भएका राम्रा चिजहरु खेर जाने, विषादी प्रयोग भएका र स्वास्थ्यलाई असर गर्ने वस्तुहरु खरिद गरेर खाने बानीको अधिकतम विकास भएकाले यसलाई बेलैमा रोक्न नसके दिर्घ रोगीहरुको संख्या दिन प्रतिदिन बढ्ने उनको भनाइ छ ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका सहायक अधिकृत विराज पुरी, संस्थाका संस्थापक पूर्व अध्यक्ष हरिप्रसाद सुवेदी, सल्लाहकार मोहन थापा र भीमप्रसाद शर्माले सहकारीमार्फत आर्थिक विकाससँगै सामाजिक रुपान्तरणमा सबैको ध्यान जानु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा ९० वर्षिय जेष्ठ नागरिक जगतबहादुर घर्ति क्षेत्री सहित जेष्ठ नागरिकहरु सिताकुमारी घर्ति क्षेत्री, चन्द्रकुमारी घर्ति क्षेत्री र जमुना जैसीलाई सम्मान गरिएको थियो । यस्तै उत्कृष्ट शेयर सदस्यहरु सरिता पौडेल, रत्न लम्साल, प्रेमप्रसाद शर्मा, सरिता गिरी तथा उत्कृष्ट विद्यार्थीका रुपमा शेयर सदस्य विष्णु पौडेलका छोरा गणेश पौडेललाई सम्मान गरिएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष सागर जि.सी.को अध्यक्षता, लेखा समितिका संयोजक तारापति तिमिल्सिनाको स्वागत र सचिव बाबुराम तिमिल्सिनाको सञ्चालनमा सम्पन्न भएको थियो । १ सय ८६ जना शेयर सदस्य रहेको संस्थाले गत आर्थिक वर्षमा करिब १ करोड रुपैयाको कारोबार गरेको छ । साधारणसभाले आगामी ३ वर्षका लागि बाबुराम तिमिल्सिना अध्यक्ष रहेको ११ सदस्यीय सञ्चालक समिति र तारापति तिमिल्सिना संयोजक रहेको ३ सदस्यीय लेखा समिति सर्वसम्मत चयन गरेको छ । 
समितिको उपाध्यक्षमा शान्ति पौडेल, सचिवमा देवबहादुर कुँवर, कोषाध्यक्षमा टिकाराम पौडेल तथा सदस्यहरुमा जयबहादुर अखेली, कुलबहादुर हमाल, पहलबहादुर कुँवर, सरिता गिरी, सुशिला शर्मा, मिनबहादुर पुन र कुमारी पुन रहेका छन । लेखा समितिका सदस्यहरुमा भीमबहादुर थापा र लक्ष्मी अधिकारी चयन भएका छन ।













































































































































































































