१ जेष्ठ २०८२, बिहीबार

 

सहयोगी सहकारीको साधारण सभा: ‘संशोधित ऐन सहकारी अभियानको कोशे डुङ्गा’-शर्मा

बागलुङको पुरानो सहकारी मध्यको सहयोगी वचत तथा ऋण सहकारी सस्थाको २० औ साधारण सभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन कार्यक्रममा वोल्दै नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेलले अबको सहकारी अभियानलाई उचाईमा पु¥याउन शंसोधित सहकारी ऐन कोशेढुङ्गा सावित हुने बताएका छन् ।

पौडेलले ऐनमा उल्लेखित मुख्य मुख्य कुराहरु उल्लेख गर्दै पौडेलले सहकारी अभियानले उठाएका धैरै सवालहरुलाई ऐनले समेटेको र शुशासनका हिसावले पनी शंसोधित ऐन प्रभवकारी हुने बताए । सहकरीका अध्यक्ष महेन्द्र सिह रायमाझिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व कर्मचारी सेवा परिषदका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, स्वास्थ्य सहकारी सघं बागलुङका अध्यक्ष सिता शर्मा ,राष्ट्रसेवक वचत तथा ऋण सहकारीका गोविन्द प्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

१ सय ८५ शेयर सदस्य रहेको सहकारीले गत वर्ष ३ करोड ७८ लाख ५० हजार ४ सय ५३ रुपैयाको कारोवार गरेको सहकारीका सचिव रामप्रसाद उपाध्यायले जानकारी दिनु भयो । साधारण सभाको अवसरमा अषल कारोवारी मुकुन्द्र प्रसाद शर्मा ,असल वचतकर्ता प्रेमवहादुर अधिकारी लाई सम्मान गरिएको थियो । सहकारीका सदस्य वद्रीप्रसाद पौडेलले स्वागत गर्नु भएको कार्यक्रमको संचालन सचिव रामप्रसाद उपाध्यायले गर्नु भएको थियो ।

सधारणसभाले महेन्द्रसिह रायमाझीको अध्यक्षतामा ११ सदस्यीय नया संचालक समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा भुमिराज आचार्य ,सचिव रामप्रसाद उपाध्याय र कोषाध्यक्षमा गोविन्द प्रसाद शर्मा रहनु भएको छ । समितिको सदस्यमा वद्रीप्रसाद पौडेल , मुकुन्द प्रसाद शर्मा विष्णु प्रसाद शर्मा, गंगादेवी शर्मा ,मुुकुन्द प्रसाद शर्मा, सरस्वती शर्मा ,जुना शर्मा रहनु भएको छ त्यस्तै प्रेमप्रसाद शर्मा संयोजक तथा यादवनाथ उपाध्याय र कल्पना सुवेदी सदस्य रहेको लेखा समिति गठन गरिएको निर्वाचन समितिका संयेजक विन्दु शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung