३२ असार २०८२, बुधबार

 

बागलुङ सञ्चार सहकारीको साधारण सभा: सहकारीमार्फत टेलिभिजन सञ्चालनमा जोड

बागलुङ सूचना तथा संचार सहकारीको ११ औँ साधारण सभामा वोल्ने वक्ताहरुले सहकारी मार्फत टेलिभिजन सञ्चालनमा जोड दिएका छन् । बिहीबार बागलुङ बजारमा भएको साधारण सभाका वक्ताले सूचना प्रविधिमा भएको विकास र परिवर्तनले सूचना प्रवाहमा स्थानीय टेलिभिजन अनिवार्य बन्दै गएको वताए । उनीहरुले सहकारीलाई सबैले हातेमालो गरेर बागलुङकै नमुना सञ्चार सहकारी बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल बचत तथा ऋण सहकारी संघका केन्द्रीय सदस्य तथा सिवाईसी सहकारी बागलुङका अध्यक्ष चण्डिप्रसाद शर्माले सहकारी मार्फत सञ्चार माध्यम सञ्चालन गरि नागरिकलाई सूसुचित गर्नु सकारात्मक भएको वताए ।

कायक्रमकै अवसरमा उक्त सहकारीले नेपाल पत्रकार महासंघको भवन निर्माणको लागि संघका अध्यक्ष दिल शिरीषलाई नगद रु ५ हजार रुपैयाँ हस्तान्त्रण गरेका थिए ।

त्यस्तै सहकारीका अध्यक्ष बसन्तकुमार श्रेष्ठले महासंघको भवन निर्माणको लागि केहि समय अगाडि दिनको ५० रुपैयाँ दिने प्रतिबद्धता गरेको र कार्यक्रमको अवसरमा १८ हजार २ सय ५० दिएका हुन । सहकारीले ४ करोडको कारोबार गरेको छ । यस सहकारीमा सेयर पुँजी १ करोड १२ लाख रहेको छ ।

सहकारीले सामुदायिक रेडियो बागलुङ एफएम र बचत ऋण कार्यक्रम सञ्चालन गर्दै आएको छ । निकट भविष्यमा डिजिटल प्रणालीमा टेलिभिजन र अनलाईन समाचार पोर्टल सञ्चालन गर्ने लक्ष्य रहेको सहकारीका सचिव ज्ञानेन्द्र गौतमले आफ्नो प्रगति प्रतिवेदनमा उल्लेख गरेका छन् ।

सो अवसरमा सहकारीले प्रमुख अतिथि रहेका शर्मालाई मायाको चिनो प्रदान गरेको थियो । कार्यक्रममा युवराज राजभण्डारी, रेडक्रस बागलुङका उप–सभापती राजेन्द्र आचार्य, पत्रकार महा संघ बागलुङका अध्यक्ष दिल शिरीष, फलफुल उत्पादन सहकारीकी अध्यक्ष पार्वती आर्चाय, किरणराज शर्मा पौडेल लगाएतकाले मन्तव्य राखेका थिए ।

सहकारीका उपाध्यक्ष मुकेशचन्द्र राजभण्डारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन संथाका सचिव ज्ञानेन्द्र गौतमले गरेका थिए । कार्यक्रम बागलुङ सूचना तथा संचार सहकारी संस्थाका अध्यक्ष बसन्तकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung