सिवाईसी बचत तथा ऋण सहकारी संस्था सदस्य सेवा केन्द्र कुश्मिसेराको आयोजनामा जैमिनी पनगरपालिका–२ दमेकमा सदस्य तथा गैर शेयर सदस्यहरुका लागि १ दिने सहकारी शिक्षा तालिम आईतबार सम्पन्न भएको छ । तालिम कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि संस्थाका केन्द्रिय अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सहकारी संस्थामा सदस्य बन्दा संस्थाको वित्तीय कारोवारसंगसंगै उसले प्रदान गर्दै गैरवित्तीय सेवाहरु पनि राम्रोसँग बुझेर सदस्य बन्नुपर्ने धारण व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यालय बागलुङका श्रोत व्यक्ति विष्णुप्रसाद सापकोटा, जैमिनी नगरपालिका–२ का वडा अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, समाजसेवी क्या. पदमवहादुर श्रीस लगाएतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाले कुश्मिसेरा सेवा क्षेत्र अन्तरग सदस्यता बृद्धि गर्ने अभिप्रयाले तालिमको आयोजना गरेको थियो । तालिम कार्यक्रममा सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको परिचय, संस्थाका सेवा सुविधा, सहकारीको परिभाष, सिद्धान्त मूल्य मान्यताका विषयमा संस्थाका केन्द्रिय अध्यक्ष पौडेलले प्रशिक्षण गरेका थिए ।
तालिमका अवसरमा संस्थामा ८ जना नयाँ शेयर सदस्य र १५ जना बाल बचतकर्ताहरुलाई स्वागत तथा सम्मान गरिएको थियो । तालिम कार्यक्रम सदस्य सेवाकेन्द्र कुश्मिसेराका संयोजक कृष्णप्रसाद रिजालको अध्यक्षता, विष्णुप्रसाद आचार्यको स्वागत र सचिव चित्रप्रसाद चापागाईको सञ्चालनमा सम्पन्न भएको थियो ।













































































































































































































