४ श्रावण २०८३, सोमबार

 

शंखधर बहुमुखी सहकारीको १५ औँ साधारण सभा

बागलुङ नगरपालिका–३ मा रहेको नेवार समुदायको मात्र सहभागी रहेको सहकारी शंखधर बहुमुखी सहकारी संस्थाको १५ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष रतनप्रसाद श्रेष्ठको अध्यक्षता, संरक्षक द्वय डा. कृष्णबहादुर श्रेष्ठ र परशुराम श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय उपभोक्ता मंच बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, नागरिक समाज बागलुङका संयोजक काजी गाउँले श्रेष्ठ, पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष, समाजिक व्यक्तित्व देवबहादुर श्रेष्ठले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा २०७३ साको एसइइ परिक्षामा उत्तिर्ण भएका विद्यार्थी, जेष्ठ नागरिक, कर्मचारी, भाषा, कला र संस्कृतीको संरक्षणमा योगदान पु¥याउने, उत्कृष्ट बचत कर्ता, बाल बचत कर्ता, उत्कृष्ट सेयर लगाएतलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रमकै अवसरमा नेवारी भाषामा प्रकाशन गरिएको क्यालेण्डरको बिमोचन समेत गरिएको थियो । ४ सय ९० सेयर रहेको यस सहकारीको आम्दानी १ करोड १४ लाख ८ हजार १ सय ५३ आम्दानी रहेको छ ।

सहकारीले यस वर्ष ५ लाख ३३ हजार ५ सय ३० रुपैया मुनाफा गरेको छ भने १ करोड ८ लाख ७५ हजार ४ सय २३ रुपैया खर्च रहेको छ ।कार्यक्रम उक्त संस्थाका उपाध्यक्ष सुरेशप्रसाद श्रेष्ठको स्वागत मन्तव्य र सचिव उक्तम श्रेष्ठको संचालनमा कार्यक्रम समापन भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung