४ श्रावण २०८३, सोमबार

 

म्याग्दीकाली सञ्चार सहकारीको १० औँ वार्षिक साधारण सभा

म्याग्दीकाली सञ्चार सहकारी संस्था लिमिटेडको १० औँ वार्षिक साधारण सभा बुधबार बेनीमा सम्पन्न भएको छ ।साधारण सभाको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुखले सामाजिक परिवर्तन, शुसासन र दिगो विकासका लागि सञ्चार माध्यमले जागरणमुलक भुमिका निर्वाह गर्नुपर्ने बताए । संस्थाका संस्थापक अध्यक्ष समेत रहेका श्रेष्ठले विकास र सम्मृद्धीका लागि सहकारी तथा सञ्चार क्षेत्रलाई परिचालनमा जोड दिने बताए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोख्रेल, गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेल, बेनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश गिरी र सेयर सदस्य अम्बिक श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साधारण सभाले १० प्रतिशत बोनस सेयर वितरण गर्ने, सरकारको नीति अनुसार केबुल सेवालाई डिजीटलाईज्ड गर्ने र संस्थाको आफ्नै घर अथवा जग्गा खरिद गर्ने निर्णय गरेको छ ।

कोषाध्यक्ष सुबिन श्रेष्ठले गत आर्थिक वर्ष २०७३७४ को ९९ लाख २२ हजार ३ सय ४९ रुपैया आय र ९१ लाख ९१ हजार ९१४ रुपैया व्यय विवरण सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका हुन । संस्थाद्धारा सञ्चालित केबुल सेवा मार्फत म्याग्दी र पर्वतका विभिन्न बस्तीमा तिन हजार ९९ जनाले सेवा लिईरहेका छन् ।

५ सय ४९ जना सदस्यको दुई करोड ७४ लाख १८ हजार ३ सय रुपैया सेयर लगानी रहेको संस्थाले केबुल, म्याग्दीकाली एफ एम ८८.२ मेगाहर्ज र ईन्टरनेट सेवा प्रदान गर्दै आएको छ । संस्थाका अध्यक्ष प्रमोद श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष विजयकुमार श्रेष्ठको स्वागत र कोषाध्यक्ष सुबिन श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung