१२ कार्तिक २०८३, बुधबार

 

जिल्ला स्वास्थ्य सहकारीको दोस्रो साधारण सभा

जिल्ला स्वास्थ्य सहकारी संस्था लिमिटेड बागलुङको दोस्रो साधारण सभा सोमबार सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला स्वास्थ्य सहकारीकी अध्यक्ष सीता शर्माको अध्यक्षता, नेस्कुनका संचालन चण्डिप्रसाद शर्माको प्रमुुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले यो सहकारीलाई राम्रो बनाउन सबैको साथ र सहयोरको आवश्यक रहेको बताए । कार्यक्रममा जिल्ला बचत संघका सचिव ऋषिराम गौतम, गरिससका मुक्तिराम सापकोटा, सिवाइसी सहकारीकी सहल्लाकार सकुन्तला शर्मा लगाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम जिल्ला स्वास्थ्य सहकारी संस्थाका उपाध्यक्ष नरबहादुर शर्माले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung