
जिल्ला सहकारी संघ लिमिटेड बागलुङको नवाँै वार्षिक साधारण सभाले दीपक गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति र रुद्रबहादुर केसीको संयोजकत्वमा लेखा समिति सर्वसम्मत चयन गरेको छ । सञ्चालक समितिको उपाध्यक्षमा अशोक गोविन्द राजभण्डारी, सचिवमा तेजेन्द्रबहादुर थापा, कोषाध्यक्षमा हुमा कुमारी जिसी (अञ्जु) सर्वसम्मत चयन भएकि छिन । समितिका सदस्यहरुमा कविन्द्रप्रसाद शर्मा सापकोटा, ध्रुवप्रसाद शर्मा, खीमबहादुर कार्की, रतनप्रसाद मलेपति, चिन्तामणी शर्र्मा, सीता शर्मा र सुनिता विश्वकर्मा चयन भएका छन ।
यस्तै लेखा समितिको सदस्यमा लिलादेवी खड्का र उत्तमबहादुर महत चयन भएको निर्वाचन अधिकृत तथा संघका पूर्व अध्यक्ष रामबहादुर जिसीले जानकारी दिए । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई संघका पूर्व अध्यक्ष कृष्णशंकर श्रेष्ठले बधाई तथा शुभकामना दिएका छन ।
नवनिर्वाचित अध्यक्ष दिपक गौतमले प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै जिल्लाका सबै सहकारी संघ संस्थाहरुको छाता संगठनका रुपमा रहेको जिल्ला सहकारी संघको भूमिकालाई थप प्रभावकारी र समन्वयकारी बनाउन आफ्नो टिम निरन्तर लाग्ने बताए । निर्वाचन समितिका तर्फबाट वधाई ज्ञापन गर्दै संयोजक रामबहादुर जिसीले सहकारी अभियानमार्फत समृद्ध समाज निर्माणका लागि जिल्ला सहकारी संघको सक्रियता र निरन्तरताका लागि लाग्न सुझाव दिए ।