
‘वित्तीय जागरणः राष्ट्रिय अभियान’ भन्ने नाराको साथ आगामी १९ तथा २० गते बैंकिङ एक्स्पो आयोजना हुने भएको छ। भृकुटीमण्डपमा आयोजना हुने उक्त एक्स्पोमा वाणिज्य तथा विकास बैंकहरु, फाइनान्स कम्पनी, विमा कम्पनी, लघुवित्त कम्पनीहरु सहभागी हुने आयोजक मिडिया इन्टरनेसनलले जानकारी दिएको छ।
मिडिया इन्टरनेसनलले दोस्रो पटक बैंकिङ एक्स्पो आयोजना लागेको हो। गत वर्ष वैशाखमा तीन दिन एक्स्पो संचालन गरिएको थियो। आगामी माघ १९ र २० गते आयोजना हुने एक्स्पोमा ७० वटा स्टलहरु रहने आयोजकले जानाकारी गराएको छ। यसको उद्देश्य बैंकिङ चेतनाको अभिवृद्धि गर्नु रहेको मिडिया इन्टरनेशनलको भनाइ छ।
नेपालमा बैंकिङ क्षेत्रसँग अधिक मान्छे जोडिए पनि बैंकिङ जागारण भने कमजोर हुँदा समग्र आर्थिक क्षेत्र नै कमजोर बनेको बैंकर्सहरुको समेत भनाइ छ। उक्त एक्स्पोबारे जानकारी दिन आयोजित कार्यक्रममा नेपाल बैंकर्स एसोसिएनका सदस्य तथा प्रभु बैंक लिमिटेडका सिइओ अशोक शेरचनले बैंकिङ एक्स्पोले वित्तीय जागरणलाई बढवा दिने बताए।
उनले आर्थिक विकासमा देश नै लम्किएको अवस्थामा बैंक तथा वित्तीय कमपनीहरु पनि सर्वसाधारण माझ जान अवश्यक रहेको बताए। एक्स्पोले बैंकिङ क्षेत्र र जनताको पुलको काम गर्ने उनले विश्वास व्यक्त गरे।
नेपाल खबरबाट