१२ कार्तिक २०८३, बुधबार

 

सहकारीको पूँजि जलस्रोतमा लगाऔँ : सांसद सापकोटा

बहुउद्देश्यीय सहकारी संघ लिमिटेड बागलुङको तेस्रो वार्षिक साधारण सभाबाट नवनिर्वाचित सञ्चालक तथा लेखा समितिका पदाधिकारी एवं सदस्यहरुलाई बिहीवार सपथ ग्रहण तथा पदभार हस्तान्तरण गरिएको छ । निर्वाचन समितिका संयोजक तथा राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।

यस्तै संघका निवर्तमान अध्यक्ष अञ्जु जिसीले नवनिर्वाचित अध्यक्ष दुर्गाबहादुर कुँवरलाई पद तथा बैठक पुस्तिका हस्तान्तरण गरेर पदस्थापन गराएकि हुन । नवनिर्वाचित सञ्चालकहरुलाई बधाई ज्ञापन गर्दै कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभाका सांसद तथा नेकपा एमालेका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले सहकारी क्षेत्रले समाज रुपान्तरणमा गरेको योगदान स्रहानीय रहेको बताए ।

सहकारीले जनतालाई संगठित गर्दै आय आर्जन गर्न र .बचत परिचालन गर्न सिकाएको चर्चा गर्दै उनले सहकारी क्षेत्रमा जनताले जम्मा गरेको रकम अब जलविद्युत उत्पादनमा लगाउने वातावरण बनाउन आग्रह गरे । बचत तथा ऋणसंगै ठुला उद्योग कलकारखाना सञ्चालनमा सहकारी र राज्यकाबीच सहकार्य हुनु पर्नेमा सापकोटाको जोड थियो ।  कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी, नेफ्स्कुनका सञ्चालक चण्डीप्रसाद शर्मा, ब्रह्माकुमारी इश्वरीय विश्व विद्यालयका सावित्री दिदी, जिल्ला सहकारी संघका उपाध्यक्ष अशोकगोविन्द राजभण्डारी, बहुउद्देश्यीय सहकारी संघका निवर्तमान अध्यक्ष अञ्जु जिसी, नेपाल पत्रकार महासंघका सचिव राम थापा अविरल, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङका उपसभापति राजेन्द्र आचार्य, गैर सरकारी संस्था महासंघका अध्यक्ष मुक्तिराम सापकोटा, स्वास्थ्य सहकारी संघका अध्यक्ष सीता शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम अध्यक्ष दुर्गाबहादुर कुँवरको अध्यक्षता, सचिव रुद्रबहादुर केसीको सञ्चालन र कोषाध्यक्ष राजु केसीको स्वागतमा सम्पन्न भएको थियो । बागलुङ जिल्लामा रहेका बहुउद्देश्यीय सहकारी संस्थाहरुको छाता संगठन बहुउद्देश्यीय सहकारी संघको पुस २९ गते सम्पन्न तेस्रो वार्षिक साधारणसभाले दुर्गाबहादुर कुँवरको अध्यक्षतामा सञ्चालक समिति र हुमबहादुर थापाको संयोजकत्वमा लेखा समिति सर्वसम्मत चयन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung