घुम्टे बचत तथा ऋण सहकारी संस्था लिमिटेड गलकोट नगरपालिका–१० पाण्डवखानीको ८ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष हिमा श्रीसको अध्यक्षता, गलकोट नगपालिका–१० पाण्डवखानीका वडा अध्यक्ष तिलक घर्ती मगरको प्रमुख आतिथियता रहेको थियो । कार्यक्रममा पूर्व सांसद निरज पुन, वरिष्ठ समाजसेवी मानसिह छन्त्याल, वडा सदस्य धनबहादुर सुनार, दिप घर्ती लगाएतले मन्तव्य राखेका थिए ।
आर्थिक वर्ष २०७४ सम्मको कारोवार १ करोड २० लाख ४७ हजार १ सय ७४ भएको सहकारीले जनाएको छ । ४ सय ७९ शेयर सदस्य र बाल बचत ३ सय २ रहेको छ । कार्यक्रममा विभिन्न तहका व्याक्तीलाई सम्मान गरिएको थियो । कार्यक्रम तेजकुमारी पुनको स्वागत र आशा श्रीसको संञ्चालनमा सम्पन्न भएको थियो ।



















































































































































































































