जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. बेशिसहर लमजुङद्धारा आयोजित २ दिने कर्मचारीहरुको क्षमता विकास तालिम मङ्गलबार सम्पन्न भएको छ । संस्थामा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि तथा उनीहरुमा उत्प्रेरणा जगाइ संस्थाको साख र गरीमा वृद्घिमा कर्मचारीहरुलाई सरिक बनाई छिटो छरितो, गुणस्तरीय र प्रविधियूक्त सेवा सञ्चालनका लागि दक्ष मानविय श्रोतको उत्पादन गर्ने उद्देश्यका साथ तालिम कार्यक्रमको अयोजना गरिएको थियो ।
तालिमको समापनका क्रममा बोल्दै नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनका सञ्चालक एवं तालिमका प्रशिक्षक चण्डिप्रसाद शर्मा पौडेलले साकोसमा कार्य गर्ने कर्मचारीहरु परिणामुखी, कुशल नेतृत्व गर्न सक्ने, नयाँ नयाँ खोज गर्ने र संस्थाको प्रगतिको लागि प्रतिबद्ध हुने खालका हुनुपर्ने धारणा राखेका थिए । पौडेलले महिला शशक्तिकरण र समृद्धिका लागि शुरु गरिएको लघुवित्त कार्यक्रममा पछिल्लो समयमा विकृतिमा जगडिएकाले अवको यात्रा भनेको गरिव विपन्न जनताहरुको आर्थिक विकास र समृद्धिका साथै अधिकार, आवाज र रोजाई स्थापीत गर्नुपर्नेमा जोड दिएका थिए ।
२ दिनसम्म सञ्चालित कार्यत्रममा प्रशिक्षक पौडेलले सकरात्मक सोच, लघुवित्तको अर्थ, परिभाषा, गुणहरु र सिद्धान्त, ऋण र यसको विश्लेषण, लघुवित्त कार्यक्रम संचालनका लागी समाज चित्रणको आवश्यकता, बचत, बचतबाट हुने समृद्धि, सहकारी ऐन सम्वन्धि जानकारी लगाएतका विषयहरुमा प्रशिक्षण गरेका थिए । तालिम कार्यक्रममा नेफ्स्कुन फिल्ड कार्यालय लमजुङका प्रमुख राजेन्द्र न्यौपानेले लघुवित्त कार्यक्रममा केन्द्र तथा समुह गठनको विषयमा जानकारी गराएका थिए ।
संस्थाका कार्यवाहक अध्यक्ष बेलबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न तालिम कार्यक्रममा तालिमको उद्देश्यका वारेमा सचिव ताराराज घले र सञ्चालन प्रबन्धक ममप्रसाद गुरुङले गरेका थिए । तालिम कार्यक्रममा संस्थाको लघुवित्त व्यवस्थापन उपसमिति, मुख्य कार्यालय र ६ वटा सेवाकेन्द्रका १५ जनाको उपस्थिती रहेको थियो ।



















































































































































































































