१२ कार्तिक २०८३, बुधबार

 

सिवाईसीले थप्यो २६ जना  कर्मचारी

चारतारे युवा क्लव ‘सिवाईसी’ नेपालले सञ्चालन गरिरहेको लघुवित्त कार्यक्रमलाई थप प्रभावकारी र गुणस्तरीय बनाउन तथा संस्थाका शाखा कार्यालय विस्तार र आवश्यक संस्थागत क्षमता अभिवृद्धिका लागि संस्थाको सिद्धान्त अनुसार लिखीत, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा सम्पन्न गरी सहायक अधिकृत र जुनियर तहका गरी २६ जना थप कर्मचारीहरु नियुक्ती गरेको छ ।

संस्थाले यसरी नियुक्त कर्मचारीहरुका लागि संस्थाको परिकल्पना, लक्ष्य, ध्येय, उद्देश्य, संस्थागत संरचना, काम कर्तव्य र अधिकार, कार्य पद्धती, लघुवित्त कार्यक्रम सञ्चालन प्रकृया यसका चुनौती अवसरहरु, कानुनी संरचना, कार्यालय व्यवस्थापन, लेखा तथा अभिलेख व्यवस्थापन, फिल्ड भ्रमण लगाएतका आधारभुत, सैद्धान्तीक र व्यवहारीक पक्ष समेटेर ६ दिने नेतृत्व विकास तथा पूर्व सेवाकालीन तालिम कार्यक्रमको सोमबारदेखि बागलुङ बजारमा सुरुवात गरेको छ ।

तालिमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले नवप्रवेशी कर्मचारीहरुलाई बधाई तथा शुभकामना दिदै सिवाईसी परिवारमा स्वागत गरेका थिए । पौडेलले धैरै चुनौती र जटिलताको सामाना र कठोर परिश्रमका साथ सिवाईसी आज यो अवस्थामा आईपुगेको बताउदै संस्थाले लिएको गरिवी न्यूनीकरणको लक्ष्यलाई पुरा गर्न बद्लीदो परिवेशमा अझ धैरै काम गर्न वाँकी रहेको धारण राखेका थिए । यहि बद्लीदो परिवेशमा अझ वढि सिर्जनात्मक र नविनत्म कार्यहरु सञ्चालन गर्ने संस्थाको योजना रहेकाले थप कर्मचारीहरुलाई संस्थामा आवद्ध गराईएकाले क्रियाशिलताका साथ कार्य गर्न नव प्रवेशि कर्मचारीहरुलाई पौडेलले आग्रह गरेका थिए ।

प्रत्येक व्यक्तिमा रहेका अन्तर निहित विकास र परिवर्तनका संभावनाहरुलाई उपर्युक्त वातावरण र अवसर सृजना गरी लघुवित्त कार्यक्रमको माध्यमबाट गरिबी न्यूनिकरणमा योगदान गर्न सक्ने दक्ष र सिर्जनशिल मानविय श्रोतको उत्पादन गर्ने तथा देशमा मौलाउदै गएको नकरात्मक धारणाहरुलाई सकरात्मक धारणामा परिवर्तन गर्र्ने अभिप्रयाले आयोजना गरिएको तालिमको सहजिकरण संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा, कार्यसमिति सदस्य सीता शर्मा, प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारी, प्रवन्धक संगिता शर्मा पौडेल, लेखा अधिकृत प्रतिभा शर्मा, मानव श्रोत विकास तथा प्रविधि सहायक सुमन जि.सी लगाएतले गर्ने संस्थाले जानकारी दिएको छ ।

निकट भविष्यमै राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था बन्न लागिरहेको संस्था जिल्लाको तित्याङ गाविसमा २०४९÷०६÷२६ मा स्थापीत भएको थियो । संस्था हाल नेपालका ६ वटा जिल्लाका ३८ हजार गरिव तथा विपन्न परिवार माझ प्रतक्ष्य रुपमा लघुवित्त कार्यक्रम सञ्चालन गरी देशको गरिवी न्यूनीकरणको लक्ष्यलाई सघाउ पु¥याउदै आएको छ । बागलुङ बजारमा केन्द्रिय कार्यालय रहेको संस्थाका हाल २० वटा शाखा कार्यालय, १२७ जना पुर्णकालीन कर्मचारी, ५० करोड बचत, ९० करोड लगानीमा रहीरहेको ऋण, ४ करोड संस्थागत कोष र १ अरब बराबरको सम्पती रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung