१२ कार्तिक २०८३, बुधबार

 

देविस्थानमा सहकारी व्यवस्थापन तालिम

निसीखोला गाउँपालिका–१ देविस्थानमा १ दिने सहकारी व्यवस्थापन तालिम शनिबार सम्पन्न भएको छ । देविस्थान स्थित देविदोभान महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा संस्थाका सञ्चालक समिति, उपसमिति र कर्मचारीहरुको सहकारी सम्बन्धि क्षमता अभिबृद्धि गर्ने अभिप्रायले तालिम कार्यक्रमको आयोजना गरिएको थियो ।

तालिम कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी नेफ्स्कूनका सञ्चालक एवं तालिमका प्रशिक्षक चण्डिप्रसाद शर्मा पौडेलले सहकारीमा धैरै भन्दा धैरै मानिसहरुलाई सहभागि गराउनमा स्थानीय स्तरमा रहेका सहकारी संस्थाहरुले अहम भूमिका खेलेको बताएका थिए ।

पौडेलले अबका सहकारी संस्थाहरुले आफ्नो भूमिकामा परिवर्तन गर्दै सहकारी ऐन २०७४ र देशको नयाँ संरचना अनुसार आफुलाई सुधार गर्दै लग्नुपर्ने धारण व्यक्त गरेका थिए । तालिमको उद्घाटन सत्रमा वडा नम्बर १का वडा अध्यक्ष ईन्द्रबहादुर मल्ल, जिल्ला बचत तथा ऋण सहकारी संघ बागलुङका सचिव ऋषिराम गौतम लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

तालिममा सहकारीको अर्थ, परिभाषा, सिद्धान्त, मुल्य मान्यताहरु, शेयर, बचत, ऋण, समिति उप–समितिको काम कर्तव्य र अधिकार, सहकारीमा कोषको व्यवस्था र प्रयोगको अवस्था, सहकारी ऐन २०७४ का मुख्य मुख्य विषयहरुको जानकारी लगाएतका विषयमा प्रशिक्षक पौडेलले सहजिकरण गरेका थिए ।

संस्थाका उपाध्यक्ष हुमकुमारी मल्लको अध्यक्षता, सञ्चालक सदस्य तारा सुनारको स्वागत र सञ्चालन प्रबन्धक हुमकुमारी गुरुङले गरेकि थिईन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung