
सिवासी साकोस बागलुङका संचालक समिति, सेयर सदस्य, प्रबन्धक लगाएतको टोली बुधबार भ्रमणमा निस्किएका छन् । उनीहरुले ४ दिनसम्म सहकारी अध्ययन अवलोकन तथा विभिन्न स्थानहरुमा भ्रमण गर्ने छन् । गत भदौ ३ र भदौ १३ गते सम्पन्न भएको ८ आँै प्रतिनिधिमूलक क्षेत्रिय साधारण सभा र १७ गतेको प्रतिनिधिमूलक केन्द्रिय साधारण सभामा चिठ्ठा परेको थियो ।
सोही अनुरुप उनीहरुले भ्रमण तथा अवलोकन गर्न पाएको सिवासी साकोस बागलुङकी आर्थिक तथा प्रशासन विभाग प्रमुख अनिता घिमिरेले जानकारी दिईन् । २९जना शेयर सदस्य, २ जना सञ्चालक समिति तथा १ जना प्रबन्धक गरी ३२ जनाको समूह भ्रमणको लागि बुधबारे प्रस्थान गरेको घिमिरेले जानकारी दिईन् ।
उनीहरुले नेपालको धार्मिक तथ ापर्यटकिय स्थल लुम्बिनी, जनकपुर र चितवनमा भ्रमण तथा विभिन्न सहकारीहरु अवलोकन गर्ने छन् भने भम्रणको संयोजकत्व संस्थाको हटिया सदस्य सेवा केन्द्रका संयोजक रामबहादु केसी को रहेको छ भने व्यवस्थापनमा संस्थाका प्रबन्धक नवराज शर्माको रहेको छ ।