१२ कार्तिक २०८३, बुधबार

 

४१ हजारबाट सुरु गरेको सहकारीको मुनाफा ६ लाख

दोभान बचत तथा ऋण सहकारी संस्था लिमिटेड ढोरपाटन नगरपाीलका–२ सेराको छैठौँ साधारण सभा शनिबार सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष ददिराम शर्माको अध्यक्षता रहेको कार्यक्रममा सल्लाहकार समिति, विभिन्न उप–समिती, सञ्चालक समिति पदाधिकारी, पत्रकार, सेयर सदस्य लगाएतको उपसस्थिती रहेको थियो ।

कार्यक्रममा सञ्चालक समिति अध्यक्ष ददिराम शर्माले कार्यक्रमको उद्घाटन गर्दै आफुहरु ग्रामीण क्षेत्रका कृषक, मजदुर, गरीबीको रेखामुनि रहेका जनतासँग सेयर संकलन गरी ४१ हजार रुपैयाबाट सुरुवात गरिएको सहकारीले हालसम्म करीब ८५ लाख रुपैयाको कारोबार गर्न सफल भईसकेको बताउदै आगामी दिनमा सेयर सदस्यको सक्रियतालाई बृद्धि गरी सेयरकै हित हुने बिभिन्न कार्यक्रम र योजना लिएर अगाडि बढ्ने बताए ।

सहकारीमा ऋण लग्ने र तिर्ने क्रममा बेवास्ता गर्ने प्रवृती हाबी भएका कारण त्यस्ता क्रियाकलापमा सरिक नबन्न सेयर
सदस्यलाई आग्रह समेत गरे । सहकारीले यस आर्थिक वर्षमा १ सय ३७ सेयर सदस्यबाट ८७ लाख २१ हजारको कारोबार गर्दै १० लाख ४१ हजार ४ सय ६४ आम्दानी, ४ लाख ३६ हजार ४ सय ६० खर्च कटाई ६ लाख ५ हजार ४ रुपैया मुनाफा गर्न सफल भएको लेखा समितिका सदस्य जितबहादुर कुवँरद्धारा प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

कार्यक्रममा ऋण लगानी संयोजक शिवलाल सुवेदीद्धारा ऋण लगानी, लेखा समिती सदस्य जितबहादुर कुवँरद्धारा आर्थिक प्रतिवेदन, कोषाध्यक्ष बालसम कुवँरद्धारा आर्थिक अवस्था र भावि आर्थिक योजना तथा सचिव चुडामणि भुषालद्धारा प्रगती तथा भावि योजना विषयक प्रतिवेदन प्रस्तुत गरीएको थियो । कार्यक्रम ऋण समिति सदस्य जितबहादुर कुवँरको स्वागत, संस्थाका सचिव चुडामणि भुषालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung