१२ कार्तिक २०८३, बुधबार

 

आदर्श सञ्चारद्धारा श्रद्धाञ्जली सभा

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले आफ्ना शेयर सदस्यका परिवारका सदस्यको निधनमा श्रद्धाञ्जली सभाको आयोजना गरी मृत्यु राहत रकम हस्तान्तरण गरेको छ । बागलुङ नगरपालिका–२ धौलागिरी चोक स्थित शेयर सदस्य गंगा श्रेष्ठको सासुआमा मिठुकुमारी श्रेष्ठको निधनप्रति दुख व्यक्त गर्दै संस्थाले श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।

संस्थाले १२ औं दिनको पुण्य तिथी पारेर दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली सभा एवम् राहत रकम हस्तान्तरण गरेको हो । हरेक दिन एक जना शेयर सदस्यबाट एक रुपैँया संकलन गरी बनाएको राहत कोषबाट संस्थाले विपत तथा दुःख पर्दा शेयर सदस्यका परिवारलाई सहयोग गर्दै आइरहेको संस्थाका उपाध्यक्ष अञ्जु जिसीले जानकारी दिएन् ।

संस्थाका शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधन हुँदा ५ हजार राहत प्रदान गर्दै आएको संस्थाले जनाएको छ । संस्थाका उपाध्यक्ष अञ्जु जिसी, सचिव प्रेम लामिछाने, सह–सचिव ललिता थापा, सञ्चालक शान्ति श्रेष्ठले स्वर्गीय श्रेष्ठका परिवारकी गंगा श्रेष्ठलाई सहयोग रकम तथा श्रद्धाञ्जली वक्तत्व हस्तान्तरण गरिएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाका उपाध्यक्ष अञ्जु जिसीको अध्यक्षतामा भएको श्रद्धाञ्जली कार्यक्रममा सह–सचिव ललिता थापाले शोक व्यन्तव्य व्यक्त गर्दै स्वर्गीय श्रेष्ठले समाज रुपान्तरणमा गरेको योगदानका चर्चा गरेकी थिईन् । श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन आदर्श सञ्चार सहकारी संस्थाका सचिव प्रेम लामिछानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung