४ श्रावण २०८३, सोमबार

 

शर्माले उठाए टेलिकमको २२ लाख बक्यौता रकम

नेपाल टेलिकम बागलुङले २ महिनामा २०५८ सालदेखिको २२ लाख रुपैयाँ बक्यौता रकम असुल गरेको छ । धौलागिरीका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका ग्राहकबाट उक्त रकम असुल गरेको कार्यालय प्रमुख केशव शर्मा जानकारी दिए । २ महिनाको अवधिमा २२ लाख रकम उठाए पनि अझै ४० लाख रुपैयाँ बक्यौता रकम उठाउन बाँकी रहेको कार्यालयका लेखा प्रमुख दिनेश न्यौपानेले जानकारी दिए । ठूलो रकम भएका १ सयभन्दा बढी ग्राहकले बक्यौता बुझाएको जानकारी दिए । न्यौपानेले अझै ५ सयभन्दा बढी ग्राहकले बक्यौता तिर्न बाँकी रहेको बताए ।

टेलिकमले २०७२ साल असार मसान्तसम्मको बक्यौतामा जरिवाना मिनाहा दिएपछि बाक्यौता तिर्ने ग्राहकको संख्या बढेको छ । मिनाहाको घोषणा नहुँदै कार्यालयले बक्यौता रकम उठाउने अभियान थालेको थियो । रकम नतिर्नेमा ठूला व्यवसायी, विभिन्न दलका नेता समेत छन् । कार्यालयले पत्राचार गर्नेदेखि विभिन्न सूचना जारी गरेर ग्राहकलाई बक्यौता रकम तिर्न आग्रह गर्दै आएको छ । “वर्षौं अघिदेखिका ग्राहक पत्ता लगाएर ताकेता गरिरहेका छौंँ,” शर्माले भने । कतिपय सरकारी कार्यालय, संस्थान र परियोजनाले बक्यौता रकम तिर्न बाँकी छ ।

“हामीले बक्यौता रकम उठाउनको लागि सम्बन्धीत व्यक्तिको खोजी क्रममा बसाइँसराइ पनि गरेको पाएका छौँ तर सम्बन्धी व्यक्तिको ठेगाना र सम्पर्क नम्बर पत्ता लगाएर बक्यौता रकम उठाउनमा सफल भएका छौँ र बाँकी व्यक्तिहरुसँग पनि सम्पर्क गरि राखेका छौँ” शर्माले भने । शर्माले एउटाको नाममा रहेको टेलिफोनको प्रयोगकर्ता अर्कै रहेका कारण बक्यौता उठाउन समस्या हुने गरेको बताए । माघ मसान्तसम्म जरिवाना मिनाहाको व्यवस्था गरेकोले बक्यौता तिर्नेको संख्या बढ्ने देखिएको छ ।

नेपाल टेलिकमले ल्याण्ड लाइन फोनमा ‘क्रेडिट लिमिट’ प्रणाली अपनाएकाले अबदेखि ग्राहकको नाममा बक्यौता रकम रहने परिपाटी अन्त्य हुने शर्माले बताए । सुचना प्रविधिको क्षेत्रमा राम्रो गरिरहेको नेपाल टेलिकम आज सबैको रोजाईमा परेको छ । त्यही क्षेत्रबाट आफ्नो करियर बनाउँछु भनेर बागलुङ नगरपालिका–२, माझकोटका शर्माले कठोर मेहनत गरेर आफुलाई यो क्षेत्रमा खारी रहेका छन् । उनको नेतृत्वमा विगत १ दशक भन्दा अगाडीदेखिको नेपाल टेलिकमको बक्यौता रकम उठाउने काम भै रहेको छ ।

को हुन् शर्मा ?

शर्मा विसं. २०३८ साल चैत्र २९ गते बागलुङ नगरपालिका–२ माझकोटमा बाबा स्वगिय कृष्णराज शर्मामा र आमा पद्यमकुमारी शर्माको कोखबाट जन्मिएका हुन् । उनी २ सन्तान मध्य जेठो सन्तान हुन । शर्मा सामान्य परिवारमा हुर्किएर आफुलाई सुचना प्रविधिको क्षेत्रमा स्थापित गर्न लागि परेका छन् ।

अध्ययनको लागि दिल्लीसम्म पुगे शर्मा

शर्माले माध्यमिक शिक्षा धौलागिरी बोर्डिङ स्कुल बागलुङबाट गरेका थिए । उच्च शिक्षाको पोखराबाट गरेका थिए । शर्माले पोखराको पश्चिमाञ्चल ईन्जिनियरिङ कलेजमा अध्ययन गरे त्यस लगत्तै उनी भारतको दिल्लीमा ईलेक्ट्रोनिकस टेलिकम्युनिकेशनमा अध्ययन गरेका थिए । उनले दिल्लीको अध्ययन पछि पूर्वाञ्चल विश्व विद्यालयबाट एमएसी ईन्जिनेरिङ गरे ।

यसरी सुरु भयो शर्माको जागिर यात्रा ?

शर्माले विसं. २०६५ सालदेखि काठमाण्डौमा जागिर सुरु गरेका हुन् । उनी विगत १ वर्षदेखि बागलुङमा कार्यालय प्रमुखको रुपमा कार्यरत छन् । धौरागिरी अंचलको संचारको क्षेत्रलाई सुधार गर्न र नयाँ गुणस्तरीय प्रविधि भित्र्याउन उनी लागि परेका छन् । पर्वतको फलेवासदेखि मुस्ताङको कोरला नाकासम्म र बागलुङको विकट बोबाङदेखि म्याग्दीका ग्रामीण क्षेत्रहरुमा टेलिफोन र ईन्टरनेट सेवा पुराउन लागि परेका छन् ।

१ वर्ष भित्र आउँछ फोजी

यस क्षेत्रमा ईन्टरनेट सुविधा भए पनि गुणस्तरीय छैन । सेवाग्राहीहरुले काममा गुणस्तरीय सेवा नहुँदा समस्या भोगि रहेका छन् । “यस क्षेत्रमा फोजी सेवा संचालनको लागि प्राविधिक अध्ययन र सर्वे भैसकेको छ । १ वर्ष भित्र हामीले यस क्षेत्रमा चौँथो पुस्ताको दिने तयारीमा छौँ” शर्माले भने ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung