एकता सहकारी संस्था लिमिटेड बागलुङको शिक्षा उपसमितिको आयोजनामा संस्थाका नव निर्वाचित संचालक र संस्थाका कर्मचारीहरुलाई एक दिने सहकारी सचेतना कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
सहकारी अभियान र एकता सहकारी संस्थाको विगत, वर्तमान र आगामी कार्ययोजना लगायतका विषयमा कार्यक्रममा जानकारी गराइएको थियो
।
कार्यक्रममा सहकारीको समसामयिक अवस्थाका बारेमा संस्थाका सचिव महेशचन्द्र प्रधान र एकता सहकारी संस्थाको विगत, वर्तमान र आगामी कार्ययोजनाका बारेमा संस्थाका प्रवन्धक दिपकजंग राजभण्डारीले सहजीकरण गरेका थिए ।
शिक्षा उप समितिका संयोजक महेन्द्रप्रसाद कडेलको अध्यक्षता, उपसमितिका सदस्य ईश्वरठाकुर पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा संस्थाका संरक्षक देवबहादुर श्रेष्ठ, अध्यक्ष ध्रुबप्रसाद शर्मा, उपाध्यक्ष भूपेन्द्रबहादुर के.सी र संचालक सदस्य चन्द्रा आचार्यले मन्तव्य राखेका थिए ।
वित्तीय कारोबार अन्तर्गत धौलागिरी अञ्चलको अग्रणी संस्थाको रुपमा स्थापित एकता सहकारी संस्थाको गत पुस १५ गते सम्पन्न १९ औं साधारण सभाबाट नयाँ नेतृत्व चयन भएकोे थियो ।
२०५६ सालमा स्थापित एकता सहकारीलाई राष्ट्रिय सहकारी बैंक लिमिटेडको १४ औं वार्षिक साधारण सभाको अवसरमा ४ नं. प्रदेशका बचत तथा ऋण सहकारीहरु मध्ये उत्कृष्ट सहकारीको रुपमा सम्मानित भएको थियो । 
संस्थाले आगामी दिनमा संस्थाका संचालक, शेयर सदस्य र कर्मचारीहरुलाई तालिम, गोष्ठि, शिविर र भम्रण लगायतका कार्यक्रम गर्ने योजना रहेको संस्थाको संस्थाका प्रबन्धक दिपकजंग राजभण्डारीले जानकारी दिएका थिए ।
२०७४ माघ मसान्त सम्म करिव ३३ करोड सम्पत्ति रहेको यस संस्थामा ७ सय ८६ जना शेयर सदस्य ६ करोड ५० लाख शेयर पूजी रहेको छ भने बिभिन्न कोषमा करिव २ करोड रकम रहेको प्रवन्धक राजभण्डारीले जानकारी दिए ।



















































































































































































































