एकता सहकारी संस्था लिमिटेड बागलुङको सामाजिक सुरक्षा अन्तरगत शेयर सदस्य र शेयर सदस्यका परिवारका सदस्यको मृत्युमा प्रदान गरिने राहत रकम आइतवार प्रदान गरेको छ ।
बागलुङ नगरपालिका वडा नं. १ निवासी संस्थाका शेयर सदस्य प्रकाशबहादुर खत्री क्षेत्रीको निधन भएकाले निजको परिवारलाई मृत्यु राहत रकम अन्तरगतको २५ हजार रुपैया प्रदान गरिएको छ । संस्थाले शेयर सदस्यको निधनमा २५ हजार र सदस्यका परिवारका सदस्यको निधनमा १० हजार रुपैया मृत्यु राहत रकम प्रदान गर्दै आएको छ ।
यसैबीच आइतवार नै संस्थाका शेयर सदस्य बानपा २ आवारोड निवासी लक्ष्मण केसीका पिता जयबहादुर खत्रीको निधन भएकाले १० हजार मृत्यु राहत रकम प्रदान गरिएको छ ।
संस्थाका अध्यक्ष ध्रुवप्रसाद शर्मा, संरक्षक देवबहादुर श्रेष्ठ लगायतले मृतकका परिवारका सदस्यलाई सहानुभूति कोष अन्तरगत मृत्यु राहत रकम प्रदान गर्नु भएको संस्थाका प्रवन्धक दिपकजंग राजभण्डारीले जानकारी दिए ।
संस्थाका सञ्चालक, कर्मचारी लगायतको सहभागिता रहेको श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन संस्थाका सचिव महेशचन्द्र प्रधानले गरेका थिए ।













































































































































































































