पछिल्लो क्रममा नेपालमा वित्तीय साक्षरताको आवश्यकतालाई निकै महत्वपूर्ण तवरले हेरीएको छ । सामान्य अर्थमा आम्दानीका स्रोतहरु के के हुन सक्छन्, दैनीक जीवनमा के–कस्ता क्षेत्रमा खर्च गर्नुपर्ने हुन्छ, खर्चका प्राथामिकीकरण कसरी गर्ने र बाँकी रहेको रकमलाई कसरी कहाँ लगानी गर्ने भन्ने विषयमा स्पष्ट हुनुलाई नै वित्तीय साक्षरता भनिन्छ । 
वित्तीय साक्षरता सम्वन्धमा अनविज्ञता र यस सम्वन्धमा आम नागरिक सचेत नहुँदा समय समयमा आईपर्ने आर्थिक सङ्कट तथा वित्त व्यवस्थापनका लागि सबै पक्षले वित्तीय साक्षरतामा ध्यान दिनुपर्ने आवश्यकतालाई मध्येनजर गर्दै सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको आयोजना र जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको संयोजनमा मङ्गलबार बागलुङ बजारमा १ दिने वित्तीय साक्षरता तालिम कार्यक्रम सम्पन्न भएको छ । 
जिल्ला स्थित विभिन्न क्याम्पस, स्कुल, कलेज र सहकारी संघ संस्थाहरुका ७३ जना व्यक्तिहरुको सहभागिता रहेको कार्यक्रमको उद्घाटन अन्तर्राष्टिय सहकारी महासंघ एशिया प्रशान्त क्षेत्र, विश्वविद्यालय÷क्याम्पस कमिटीका उपाध्यक्ष एवं प्रशिक्षक ईन्दीरा पन्तले गरेकी थिईन । पन्तले देशको आर्थिक समृद्धिका लागि सबैमा वित्तीय साक्षरता हुन अत्यावश्यक रहेको बताएकी थिईन ।
कार्यक्रममा जिल्ला सहकारी संघ लि. बागलुङका सचिव तेजेन्द्र थापा, सिवाईसी साकोसका सल्लाहाकार वद्रिप्रसाद पौडेल, जिल्ला महिला सहकारी समन्वय समितिका अध्यक्ष लिला खड्का लगाएतले मन्तव्य राखेका थिए ।
सिवाईसी साकोसका प्रवन्धक नवराज शर्माको सञ्चालन, संघका सञ्चालक भरत पौडेलको स्वागतमा सञ्चालीत कार्यक्रमको समापन गर्दै संघका अध्यक्ष पौडेलले आर्थिक, समाजिक र शैक्षिक रुपमा पछि परे पारिएका वर्गको आर्थिक क्रियाकलापलाई गतिशिल दिशामा अघि वढाउन र उनीहरुलाई वित्तीय पहुँच पु¥याई आर्थिक जीवनस्तर उकास्न सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताएका थिए ।













































































































































































































