
बागलुङ समाज कल्याण केन्द्र काठमाण्डाँैले नयाँ नेतृत्व चयन गरेको छ । केन्द्रको २७ औँ बार्षिक साधारणसभाबाट अध्यक्षमा विराट कुमार श्रेष्ठलाई चयन गरेको हो । नयाँ कार्यसमितीको उपाध्यक्षमा रसुमिला श्रेष्ठ, सचिवमा स्वयमप्रकाश श्रेष्ठ, कोषाध्यक्षमा दिपकचन्द्र प्रधान सदस्यहरुमा विश्वकुमारी श्रेष्ठ, जिद्दीराम श्रेष्ठ,प्रदीपकुमार राजभण्डारी,कल्पना राजभण्डारी, किस्मत मणी श्रेष्ठ, योगमाया श्रेष्ठ र इच्छा शाक्य चयन भएका हुन ।
कार्यक्रमका प्रमुख अतिथि जेष्ठ सदस्य कुलबहादुर श्रेष्ठले बागलुङ समाज केन्द्रले समाजका हरेक क्षेत्रमा भएका समस्या, भैपरी आउने दुख, प्रकोप, सामाजिक सेवाका क्षेत्रमा आगामी दिनमा थप काम गर्नुपर्ने बताए
साधारणसभाका अवसरमा अध्यक्ष मण्डलका अध्यक्ष पुष्पमान श्रेष्ठ, सांसद अमृत शाक्य, पूर्व न्यायधीस कल्याण श्रेष्ठ, पूर्व न्यायधीवक्ता रमणकुमार श्रेष्ठ लगायतले केन्द्रले सामाजिक क्षेत्रमा गरेको योगदान महत्वपूर्ण रहेको बताएका थिए ।
सो अवसरमा आजिवन सदस्यहरुलाई सदस्यता वितरण, विष्णुप्रधान स्मृति कप ब्याडमिन्टन पुरस्कारका विजेताहरुलाई सिल्ड, प्रमाणपत्र र मायाको चिनो वितरण गरिएको थियो । निर्वतमान अध्यक्ष सुमन शाक्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।