१२ कार्तिक २०८३, बुधबार

 

ट्याक्टर दुर्घटना १ जनाकाे मृत्यु १ घार्इते

बागलुङ-  बागलुङ नगरपालिका १० भकुण्डेको गलुवामा आईतबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । भकुण्डे बाट बागलुङ बजार आउँदै गरेको ध १ त २८ नम्बरको ट्याक्टर बागलुङ कुश्मिसेरा सडक खण्डको गलुवामा दुर्घटना भएको हो । दुर्घटना हुँदा ट्याक्टर चालक बानपा १० भकुण्डेका २३ बर्षिय दलबहादर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङ प्रहरी निरिक्षक धर्म अधिकारीले जानकारी दिए । त्यस्तै सोही ट्याक्टरमा सवार १ जना सहयोगी घाईत भएका छन । घाईते हुनेमा काँठेखोला गाउँपालिका ७ रेशका ओम बहादुर थापा रहेका छन । उनलाई ट्याक्टर हातमा च्यापिरहेको अवस्थामा प्रहरीले स्काभेटरको माध्यमबाट उद्धार गरेको थियो । घाईतेको धौलागिरी अंचल अस्पताल बागलुङमा उपचार भै रहेको छ । ट्याक्टर ओरालो बाटोमा ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । दर्घटनाको बारेमा थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung