कास्कीको पोखरामा ‘प्रदेश स्तरीय लोक गायन प्रतियोगिता’ शनिवार सम्पन्न भएको छ ।
लोकगीतको संरक्षण र सम्वद्र्धनमा टेवा पु¥याउने र नया लोक गायक र गायिकाहरुको खोजी गर्ने उद्धेश्यले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी(धौलागिरीले प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा सहभागि भएका ९ जिल्लाका २२ जना प्रतियोगिहरले मौलिक पहिरनमा सजियर लाइभ बाजामा गीत गाएका थिए ।
२१ जना प्रतिशप्रर्धीलाई पछि पार्दै बागलुङका रेशम निदोर्षले पहिलो स्थान प्राप्त गरेका छन् ।
प्रतियोगितमा उत्कृष्ठ छनोट भएका कलाकार आगामी असार १४ र १५ गते राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय समितिको आयोजनामा हुने खुल्ला लोक गायन प्रतियोगितामा सहभागी हुने प्रतिष्ठानका धौलागिरी संयोजक राजेन्द्र सापकोटाले वताएका छन ।
त्यस्तै कास्कीका उमेश अधिकारी, नवलपुरका अर्जुन सापकोटा, गोरखाका पवन श्री परियार, कास्कीका आयुष परियार प्रतियोगितामा सहभागि हुन पाउने भएका छन । त्यसैगरी आयोजकले साङ्गजाका नेत्र खड्का र तनहुकि रेणु रेलामी मगरलाई बैकल्पीकमा छनोट गरेका गण्डकी संयोजक शंकर विरही गुरुङले जानाकारी दिएका छन ।
कार्यक्रममा वोल्दै प्रदेश नं. ४ का सामाजिक विकास मन्त्रि नरदेवि पुनः ले नेपाली मौलिक कला संस्कृतिको संरक्षण गर्नु सवैको दायित्व भएको बताईन ।
उनले ४ नंं प्रदेश कला संस्कृतिको धनि प्रदेश भएको बताउदै यस प्रदेशमा सवै जात जातिको संस्कृति झल्कने गरी एउटा सास्कृतिक ग्राम निमार्णको संम्भाब्यता अध्ययन भैरहेको वताइन ।
प्रतिष्ठानका पुर्व केन्द्रिय अध्यक्ष पुरुषोत्तम न्यौपानेले नेपाली मौलिकता धान्न र त्यस्ता व्यक्तिको खोजीको लागि प्रतियोगिता गर्न आवश्यक रहेको बताए थिए । साथै कला संस्कृतिको संरक्षण गर्न सरकार उदासिन देखिएको भन्दै आगमी दिनमा सरकारले पनी कला संस्कृतिको संरक्षणमा मन्त्री तथा सांसदहरुको ध्यानाकर्षण गराएका थिए ।
सो अवसरमा प्रतिष्ठानका गण्डकीका महासचिव सुरेन्द्र गुरुङले कार्यक्रमको वारेमा प्रकाश पारेका थिए ।
कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल गण्डकीका अध्यक्ष शंकर विरहि गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत धौलागिरीका अध्यक्ष राजेन्द्र सापकोटा र संचालन महासचिव पुर्ण परियारले गरेका थिए ।
















































































































































































