१२ कार्तिक २०८३, बुधबार

 

कहिले भरिन्छ घम्चिनबासीको रित्तो गाग्री ?

ढोरपाटन नगरपालिका–१ घम्सिन टोल तथा त्यस आसपासका स्थानहरुमा खानेपानीको चरम अभाव रहेको छ । वषौँदेखि खानेपानीको अभावमा जेलिँदै आएका घम्सिनसीलाई अझै पनि खानेपानीको समस्याले सताई रहेको छ ।
यस स्थानमा वर्षको समयमा प्रसस्त मात्रामा धारोमा पानी झरे पनि हिउँदयाम सुरु भएदेखि धारोमा आउन बन्द हुन्छ । कहिकतै धारोमा पानी झरेको ठाउँहरुमा पनि घण्टौ लाईनमा बसेर पानी थाप्ने बृद्धबृद्धा गृणी तथा बालबालिकाहरुको घुइँचो लाग्ने गर्छ ।
यहाँका धारोहरुमा वर्षको करिब ८ महिना मात्रै पानी आउने र बाँकी महिनाहरुमा पानी आउने धारोमा घण्टौ लाईनमा बसेर पानी थाप्नु पर्ने बाध्यता रहेको ढोरपानट नगरपालिका–१ की पृतीमा विकले बताईन् ।“हरके वर्षको फागुन महिनादेखि धारोमा पानी आउँदैन, खानेपानी भर्नका लागि घण्टौ लाईनमा बस्नु पर्छ, हाम्रो यो समस्यालाई कसैले पनि समाधान गर्न सकेन” उनले भनिन् ।बिहान सााझ २÷३ घण्टा धारोमा पानी झर्दा पानी झर्नेहरुको लर्को लागेको हुन्छ । कतिपयको त पानी भर्ने पालो समेत नआउँदा एक आपसमा झगडा समेत हुने गरेको स्थानीयहरु बताउँ छन् ।प्रत्येक वर्ष यस क्षेत्रको जनसंख्या तीब्र गतिमा वृद्धि भै रहेको छ । यहाँको जनसंख्या बृद्धिलाई ध्यानमा नराखी खानेपानीको राम्रो व्यवस्थापन गर्न नसक्दा यहाँका बासीन्दाले सास्ती खेप्नु परेको हो ।त्यस्तै धारोमा पानी नआउँदा पानी थाप्न घण्टौ समय कुर्दा आफ्ना छोराछोरीलाई स्कुल पठाउन सधै ढिला हुने गरेको डेरा लिएर बस्दै आएकी माया सिर्पालीलले बताईन् ।उनलले भनिन् “धारोमा पानी आउँदैन कपडा धुन खोलामा पुग्नु पर्छ, शौचालयमा पानी नहुँदा सरसफाई राम्रोसँग हुँदैन, सरसफइ नहँदा विभिन्न रोगले आक्रमण गर्छकी भन्ने डर छ ।”बिहान उठेदेखि साँझ नसुतुन्जेसम्म बढी प्रयोग हुने पानी कै हाहाकार हँुदा यस समस्याका निम्ती सम्बन्धित निकायबाट पहल नहुनु लज्जासपद कुरा होईन भन्न सकिन्न ।त्यस्तै बुर्तिबाङबासीले पनि समय–समयमा खानेपानीको समस्या भोग्दै आएका छन् ।

बजारमा पनि बिहान र बेलुकी मात्रै धारोमा पानी खस्दा कपडा धुन तथा शारिरीक सरसफाईका लागि खोला नै धाउनु पर्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung