२९ असार २०८२, आईतवार

 

गलेश्वरको बेलब्रिज नजिकै सडक भासियो

म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडक अन्तरगत बेनी नगरपालिका ९ र रघुगंगा गाउँपालिका ३ को सिमाना गलेश्वर स्थित बेलीब्रिज नजिकै सडक भासिएको छ ।

रघुगंगा नदीको कटानका कारण पुलको संरक्षणका लागि लगाइएको ग्यावियनस पर्खाल र रिटेनीङ वाल भत्किएर सडक भासिएपछि बेलिब्रिज जोखिममा परेको छ । पुलको गलेश्वर तर्फको बिम देखि करिब पाँच मिटर नजिकको सडक भासिएको छ ।

खोलाले धार थप कटान गर्दै जाँदा पुल र नजिकैको बस्ती जोखिममा परेको स्थानीयबासी दिपक कार्कीले बताए । बेनी–जोमसोम कोरला सडक आयोजनाले ठेक्का मार्फत गलेश्वर स्थित रघुगंगा नदीमा पक्कि मोटरेबल पुल निर्माण सुरु गरेको छ ।

पुलको पिप्लेतर्फको पिल्लर ठडाउने खाडल खन्न खोलाको धार गलेश्वरतर्फ डाईभर्सन गराइएकाले कटान गरेर सडक भासीएको हो । सडक भासीएर कटानको जोखिम बढेपछि ठेकेदार कम्पनीले पिल्लरको जग खन्ने काम रोकेर आईतबारदेखि संरक्षणको काम सुरु गरेको छ ।
जिसस प्रमुख देवेन्द्र केसी, प्रजिअ लिलाधर अधिकारी, प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढा, पुर्व सांसद गोविन्द पौडेलको टोलीले घटनास्थलको स्थलगत निरिक्षण गरेर जोखिम न्युनीकरणको उपाय अपनाउन निर्देशन दिए । खोलाको धार पुरानै स्वरुपमा फर्काउन र जोखिम नहुने गरी सावधानि अपनाएर काम गर्न आयोजना र निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन दिइएको प्रजिअ अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung