पत्रकार गुमानसिह भण्डारीलाई गलकोट नगरपालिकाको प्रेस सल्लाहकारमा नियुक्त गरेको छ ।आईतवार बसेको गलकोट नगरपालिकाको बैठकले गलकोट एफएममा कार्यरत पत्रकार भण्डारीलाई प्रेस सल्लाहकार जिम्मेवारी दिएको मेयर भरत गैरेले बताए ।
नयाँ विश्वसंग नवनियुक्त प्रेस सल्लाहकार भण्डारीले भने गलकोट नगरपालिकाको गतिविधिलाई जनताको बदलिँदो चाहना अनुसार छिटो संचार माध्यम र सर्वसाधारण जनता विच लैजाने र जनआवाजलाई सरोकारवाला कहाँ पुर्याउने काम गर्ने बताए ।
विस २०५० साल वैशाख ४ गते गलकोट नगरपालिका वडा नं १ दुदिलाभाटीमा जन्मिएका भण्डारी विगत २०७० सालदेखि गलकोट सामुदायिक एफएममा कार्यरत छन ।समाचार प्रमुखको जिम्मेवारी सम्हालि रहेका भण्डारी गलकोट पत्रकार समाजको महासचिव र स्वतन्त्र विघार्थी युनियनको सभापति पनि हुन ।स्नातकमा अध्ययरत भण्डारी नयाँ विश्व डटकमको संवाददाताको रूपमा समेत कार्यरत छन ।



















































































































































































































