काठेखोला गाउँपालिका वडा नं ५ काउलेमा जमिन भासिदा १२ परिवार विस्थापित भएको छ । असार ११ र १२ गते आएको अविरल वर्षाले जमिन भासिएको वडा अध्यक्ष शिव कडेलले बताए 
१२ परिवार आफन्तको घर ,गोठमा आश्रय लिएका छन ।१२ परिवार मध्ये ११ परिवार दलित रहेको छ ।विस्थापित हुनेमा धन माया परियार ,भारिराम दर्जी ,सुमित्रा परियार,चिन्ते दर्जी ,बसी दर्जी ,दिलबहादुर दमई ,धनमाया दर्जी ,नेत्रलाल दर्जी, लालबहादुर दर्जी ,हेमबहादुर क्षेत्री ,समीक्षा नेपाली र गंगाबहादुर परियार रहेको हाम्रो संवाददाता भरत प्रसाद सापकोटाले जानकारी दिए ।उक्त घटनाको विषयमा काठेखोला गाउँपालिका अध्यक्ष अमर थापाले वडा अध्यक्ष मार्फत घटनास्थलमा गएर बुझ्ने काम भएको , छिट्टै राहत र पुर्णस्थापनाको काम अगाडि बढ्ने बताए ।
हामीले विस्थापित परिवारलाई खाघन्न ,लत्ताकपडा र छाउनको लागि पाताको माग गाउँपालिकाको अध्यक्षसंग गरेको वडा अध्यक्ष कडेलले जानकारी दिए ।जमिन भासिदा घर र खेत काम नलाग्ने भएको छ ।गाउँलेहरूले घरबाट सामान र आफ्नो गाई वस्तु सुरक्षित साथ निकाल्न सफल भएका छन ।जमिन भासिदा उक्त गाउमा ३ वटा तिनको पोल कोल्टे परेको छ भने दुई वटा काठको पोल भाचिने अवस्थामा रहेकोले जोखिम बढेको छ ।
यस विषयमा नेपाल विघुत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख कपिल राज पाण्डेयले उक्त गाउँमा विजुलिको लाईन काटिएको बताए ।विस्थापित परिवारले राहत पाउन सकेको छैन ।घटणास्थल पुगेका नेपाल रेडक्रस सोसाइटी बागलुङ सभापति जब्बरबहादुर लामिछाने पीडितहरूलाई भोलि रेडक्रस उपशाखा मार्फत राहत वितरण गरिने जानकारी दिए ।
स्थानीय तहमा र प्रदेशमा भूसंरक्षणको बजेट गए पनि दरबन्दीको माग नगर्दा त्यस्ता जाखिमयुक्त भुगोलमा जनताको आवासको अधिकार संकटमा परेको छ । विभित्र ठाउमा अविरल वर्षा ,पैरो जादा नागरिकको मृत्युु र सम्पत्तिमा क्षति हुदा पनि स्थानीय प्रशासनले र स्थानीय तहको जनप्रतिनिघिले भरपर्दो उद्दार, उद्दारको सामान,प्राविघिक ,योजना र बैकल्पिक व्यवस्था गर्न सकेको छैन ।



















































































































































































































