गत बिहिवार जमिन भासिएपछि काठेखोला गाउँपालिका वडा नं ५ काउलेका विस्थापित भएका पीडितहरूलाई राहत वितरण गरिएको छ ।
जिल्ला विपद व्यवस्थापन समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेल र काठेखोला गाउँपालिका अध्यक्ष अमर थापा, नेपाल रेडक्रस सोसाइटी बागलुङ सभापति जब्बरबहादुर लामिछानेर वडा अध्यक्ष शिव कडेलको नेतृत्वमा गएको टोलिले पीडितहरूलाई जनहि दश हजार ,पाल र चामल वितरण गरेको छ ।
पीडितहरू धनमाया परियार ,भरिराम दर्जी ,सुमित्रा परियार ,चिन्ते दर्जी र दिलबहादुर दर्जी लगाएत सबैले आफु बसेको घर ,गोठ र जग्गा भासिएको घर वनाएर वस्ने बैकल्पिक जग्गा उपलब्ध गराई दिन माग गरेका थिए ।
राहत वितरण कार्यक्रममा पत्रकार भरत प्रसाद सापकोटा ,समाजसेवी कोपिला पुन ,ज्ञान कुमारी शर्मा , वडा अध्यक्ष शिव प्रसाद कडेल ,नेपाल रेडक्रस सोसाइटी बागलुङ सभापति जब्बरबहादुर लामिछाने ,प्रहरी उपरिक्ष दिपक रेग्मी ,शहरी विकास तथा भवन निर्माण डिभिजन
कार्यलयका इ तेजेन्द प्रसाद पौडेल ,जिल्ला प्राविधिक कार्यालय इ कृष्ण प्रसाद वास्तोला ,काठेखोला गाउँपालिका अध्यक्ष अमर थापा र जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले मन्तव्य व्यक्त गरेका थिए ।
कहिले पाउछ विस्थापितले घर बनाउने जग्गा ?
आफु बसेको घर ,गोठ ,खेत र बारिको जमिन भासिएपछि विस्थापित भएर आफन्त र छिमेको घर, गोठमा शरण लिएका १२ परिवारले गाउँपालिका अध्यक्ष ,वडा अध्यक्ष र प्रमुख जिल्ला अधिकारी सामु यो प्रश्न गरेको थियो ।वडाको उपयुक्त सार्वजनिक जग्गामा घर बनाएर बस्नको लागि जग्गा उपलब्ध गराउन पीडितहरूले माग गरेका छन ।



















































































































































































































