
जनताको मागका आधारमा नगरपालिकाले आफनो कार्ययोजना बनाउने गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले बताए । आर्थिक बर्ष २०७५, ०७५ का लागि गलकोट नगरपालिकाको नीति तथा बजेट तर्जुमा सम्बन्धि गलकोट नगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गैरेले यस्तो बताएको हो ।
जनताको बिश्वासले निर्वाचित भएको भन्दै गैरेले प्रत्येक वाडका टोल टोलबाट जनताले उठाएका योजनालाई समावेश हुने गरि नगरपालिले योजना बताउने बताउनुभयो । उहाँले जनप्रतिनिधिले मात्रै समृद्धिको सपना सकार पार्न नसक्ने भन्दै जनप्रतिनिधि जनताको एक पात्र भएको उल्लेख गर्नुभयो ।
गैरेले गलकोट स्रोत साधनले भरिपुर्ण भए पनि यसको बिकास र समृद्धिका लागि चुनौतिहरु धेरै भएको बताए । कार्यक्रममा गलकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद गौतमले कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए । सो अवसरमा नगरपालिकाका शाखा अधिकृत प्रदिपचन्द्र सुवेदीले प्रत्येक वाडबाट योजना छनोट गर्दा ध्यान दिनुपर्ने विषयको बारेमा स्पष्ट जानकारी गेराएका थिए ।
कार्यक्रममा बुलबहादुर केसी, घनश्याम गौतम, शन्तबहादुर खत्री, बसन्त केसी, छुम बहादुर थापा, हर्कबहादुर कुबर, यज्ञप्रसाद गौतम, नरबहादुर घर्ति, चुडामणि शर्मा, गंगा भुजेल, प्रितम घर्ति, सञ्जय नेपाली, टोप बहादुर घर्ति, मनिकर्ण परियार, हिरा बहादुर काउचा, हिरा थापा, कबिराज नेपाली, रामबहादुर खत्री, झंकबहादुर बस्नेत, जिवन भण्डारी, ढालिन्द्रप्रसाद गौतम, देबेन्द्र खत्री लगायतले आफ आफनो जिज्ञासा, गुनासो, योजना ब्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्ने बक्ताहरुले वाडबाट नगरपालिकामा आउने योजनाहरु जस्ताको त्यस्तै समावेश गनुपर्ने, सड्क स्तरबृद्धि तथा निर्माण गर्दा व्शिेष ध्यान दिनुपर्ने, व्पिद ब्यवस्थापनका लागी बिशेष प्रक्रिया अपनाउन ुपर्ने, स्वास्थ संस्थाको ब्यवस्थापन र औषधीको सुबिधामा ध्यान दिनुपर्ने, लागुपदार्थ दुब्यर्सन बिरुद्धको कार्यक्रम समावेश गनुपर्ने, खोलाले कटान गरेको क्षेत्रमा तटबन्धन गनुपर्ने, समुदाय, लिङ्गलाई समावेश गरि बजेट बिनियोजन गनुपर्ने, नगरपालिकाले गुरुयोजना बनाउनुपर्ने, सवारी साधन पार्किङको ब्यवस्था गनुपर्ने, नगरपालिकाको आफनै भवन निर्माण गनुपर्ने लगायतका बिषयमा आफनो धारणा ब्यक्त गरेका थिए
। कार्यक्रममा नेकपाका नेता ज्ञामनाथ गैरे अनिल, नेपाली काग्रेसका यम बहादुर श्रीस, राष्ट्रिय जनमोर्चाका टंक केसी, गलकोट नगर बिकास समितिका संयोजक चन्द्रदत्त रेग्मी, गलकोट बहुमुखि क्यापसका अध्यक्ष मुकुण्डसिह भण्डारी, गलकोट उद्योग बाणिज्य संद्यका अध्यक्ष बिरेन्द्र श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए। कार्यक्रम गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद गौतमको स्वागत मन्तब्य र शाखा अधिकृत प्रदिपचन्द्र सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।