१२ कार्तिक २०८३, बुधबार

 

जापान समाज विहुकोटद्धारा विस्थापित चौध दलित परिवारलाई जस्तापाता सहयोग

अविरल वर्षाले जमिन भासिएपछि विस्थापित भएका काठेखोला गाउँपालिका वडा नं ५ काउलेका चौध विस्थापित दलित परिवारलाई जापान समाज विहुकोटले जस्तापाता वितरण गरेको छ ।

जापान समाज विहुकोटका संस्थापक तथा सल्लाहकार दिपक सुवेदी र सांसद सुर्य पाठकले संयुक्त रूपमा प्रत्येक परिवारलाई १२ हजार मूल्य बराबरको एक एक बण्डल जस्तापाता वितरण गरेका थिए ।

राहत वितरण कार्यक्रममा सांसद सुर्य पाठकले सरकारबाट हुने सहयोगको लागि पहल गर्ने बताए ।विहु काउलेका विस्थापित परिवारलाई भविष्यमा थप सहयोग गर्दै जाने विहुकोट समाज जापानको संस्थापक तथा सल्लाहकार दिपक सुवेदीले बताए ।राहत वितरण कार्यक्रममा ज्ञान कुमारी श्रीष ,नारायण अमर मावि व्यवस्थापन समितिका सदस्य प्रेम पुन ,विहुकोट समाज जापानका कोषाध्यक्ष राजु कडेल।

जापान समाज विहुकोटका अध्यक्ष गौरीशंकर सुवेदीका सभापतित्वका भएको कार्यक्रमको संचालन जापान समाज विहुकोटका सचिव तथा अमर माविका प्रअ भिष्म कडेलले गरेका थिए । जापान समाज विहुकोटले शिक्षा ,स्वास्थ्य ,समाजसेवा र प्राकृतिक प्रकोपको बेला सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung