समृद्धि र बिकासका लागि सार्वजनिक सुनुवाई कार्यक्रमले सहयोग पुग्ने गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले बताउन ुभएको छ । गलकोट नगरपालिकाका आर्थिक सहयोग र सामुदायीक रेडियो गलकोट एफएमको आयोजनामा गलकोटको हटियामा आयोजना गरेको नगरपालिका स्तरिय सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै गैरेले यस्तो बताउनुभएको हो ।
गैरेले जनताका जिज्ञासा, गुनासो, सुझाव र सल्लाहले आगामि दिनका कार्यक्रम तय गर्न सजिलो हुने भन्दै यस्ता खाले कार्यक्रम नगरपालिकाका लागि अपरिहार्य हुने बताउनुभयो । गैरेले बित्तिय ब्यवस्थापन, सुसाशन र पारदर्शिताको बिषयमा स्थानियले देखाएको चासो र सहभागिता प्रति धन्यबाद ब्यक्त गर्दै कार्यक्रममा उठेका सकरात्मक बिषयको झल्को दिने गरि आगामि निति तथा कार्यक्रम सार्वजनिक गरिने बताउनुभयो ।
उहाँले जनताको चासो प्रति नगरपालिका सधै सकरात्मक हुने बताए । कार्यक्रममा राजेन्द्र श्रेष्ठ, संजय नेपाली, रामप्रसाद कडेल, उमेश नेपाली, श्याम सुन्दर श्रेष्ठ, तिलक उप्रेति, यम श्रीस, टंक केसी, दिपक शर्मा, राम बहादुर खत्री, ढालिन्द्रप्रसाद गौतम, अनिल गौतम, बुल बहादुर केसी, हिरा काउचा, बसन्त केसी, ईसुक मिया, प्रेम सागर सापकोटा लगायतले जिज्ञासा, गुनासोृ ब्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्ने बक्ताहरुले नगरपालिकाको कार्यालय ब्यवस्थापन नभएको, ठेक्काका योजनामा समस्या देखिएको , मुस्लिम समुदायको चिहान ब्यवस्थापनको समस्या, गलकोटलाई पकेट क्षेत्रमा कसरी बिभाजन गरियो, यातयातको भाडा मनपरि भएको, बिद्यालय पुर्ण निशुल्क किन भएन, ढल, नालि ब्यवस्थापनमा समस्या, फोहोर ब्यवस्थापनमा समस्या, उपभोक्ता समितिलाई तालिमको अभाव, स्मार्ट सिटि र क्यापस ब्यवस्थापनको अवधारणा, नगरपालिकाको अनुगमन, सबै सामानको मुल्य समायोजन नभएको, शिक्षामा अनुगमनको अभाव लगायतका गुनासा ब्यक्त गरेको थिए ।

कार्यक्रमको सहजिकरण गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, प्रमुख प्रसासकिय अधिकृत कृष्णराज गौतम, शाखा अधिकृत प्रदिपचन्द्र सुवेदी, शिक्षा शाखा अधिकृत प्रकाश ओझा, कृषि साखा अधिकृत दिएन दाहाल, नगरपालिकाका ईन्जिनिर कन्चनजंङ कार्की, गलकोट नगरपालिका वाड नम्बर २ का अध्यक्ष हिम बहादुर भण्डारी हेमन्त, वाड नम्बर ३ का अध्यक्ष बिरजङ भण्डारी लगायतले सहजिकरण गनुभएको थियो ।
कार्यक्रमा नगरप्रमुख भरत शर्मा गैरेले नगरपालिकाको कार्यालयका लागि जग्गा ब्यवस्थापनका बिषयमा प्रस्तावहरु धेरै आएका कारण नगरकार्यपालिकाको निर्णय अनुसार अगाडि बढ्ने, चिहान ब्यवस्थापनका लागि नगरपालिकाले छलफलपछि जानकारी गराउने, बाढिपहिरोको क्षतिको बिवरण आउदै गरेकाले क्षतिको बिवरण हेरी आर्थिक तथा अन्य सामाग्री प्रदान गर्ने, रिघाको खानेपानीको पुननिर्माण हुदै गरेको, स्वास्थ क्षेत्रका लागी बिशेष योजना बनाएको, जनताका चाहनालाई साकार पार्ने तरिकाले आगामि बजेट सार्वजनिक गर्ने बताउनुभयो ।
त्यस्तै प्रमुख प्रशासकिय अधिकृत कृष्णराज गौतमले नगरपालिकामा कर्मचारीको अभाव भएको, केन्द्रले पठाए पनि कर्मचारी आउन नमान्ने गरेकाले कार्य सम्पादनका केहि समस्या देखिएको, बजार अनुगमन नभएकाले लगत नआएको, योजनामा समावेशिकरण भएको बताउनु्भयो । कार्यक्रममा शाखा अधिकृत प्रदिपचन्द्र सुवेदीले योजनाको बिषयमा प्रत्येक उपभोक्ता समितिलाई झन्झट नहोस भन्ने उदेश्यले तालिमको ब्यवस्थापन गरेको बताउनुभयो ।सोहि अवसरमा नगरशिक्षा अधिकृत प्रकाश ओझाले शिक्षाको बिषयमा नगरपालिकाले अन्य नगरपालिकाको तुलनामा नमुना कार्य गरेको बताउनुभयो ।
कार्यक्रम गलकोट सुचना तथा सञ्चार सहकारी संस्थाका अध्यक्ष गुमानसिह बुढाथोकिको अध्यक्षता, गलकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णराज गौतम, गलकोट सुचना तथा सञ्चार सहकारी सस्थाका उपाध्यक्ष बिरेन्द्र श्रेष्ठको स्वागत मन्तब्य, सहकारीका सचिव बिर बहादुर चोखाल र गलकोट एफएमका स्टेशन प्रमुख घनश्याम गौतमको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा गलकोट नगरपालिका भित्रका जनप्रतिनिधि, कर्मचारी, राजनैतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, समाजसेवी, बिभिन्न उपभोक्ता समितिका प्रतिनिधि, शिक्षक र स्थानीय गरि करिब १ सय ५० जना भन्दा बढिी नागरिकका े सहभागीता रहेको थियो ।



















































































































































































































