ढोरपाटन नगरपालिकाको आर्थिक बर्ष २०७५÷७६ को बजेट निति तथा कार्यक्रम बुधबार अनुमोदन सहित पारित भएको छ । बजेटमा बढि मात्रामा खानेपानी, सडक, भौतिक संरचना निर्माण संगै बिधुत आयोजनालाई प्राथमिकता दिईएको छ । कुल ३० करोड २८ लाख बराबरको बजेट बजेत पारित गरिएको हो ।
जसमध्ये चालु तर्फ ४ करोड ५० लाख ,सर्सत तर्फ ११ करोड ४६ लाख र समानिकरण तर्फ १४ करोड ३२ लाख बजेट बिनियोजन गरीएको छ । उक्त बजेट बिकास निर्माणमा प्रयोग हुने बजेट रहेको हो । बिनियोजित बजेटमध्ये बुर्तिबाङमा खानेपानी ब्यबस्थापनका निम्ती १ करोड छुट्याईएको छ । सबै बिधालयमा शिक्षक ब्यस्थापनमा १ करोड , गुणस्तर अभिबृद्धि ४० लाख,लक्षित समुह कार्यक्रम ४० लाख, कृर्षि बिकास र ब्यस्थापन ६५ लाख , पशु कार्यक्रम अन्र्तगत ३५ लाख रुपैया बजेट बिनीयोजन भएको ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत धनप्रसाद पोख्रेलले बताउनु भयो । गत असार १० गतेका दिन ढोरपाटन नगरपालिकाको सभामा उठाईको निति तथा कार्यक्रमलाई सभाबाट अनुमोदन सहित पास गराईएको हो । बिनियोजित बजेट मध्ये नगरपालिकाद्धारा ६ करोड ९६ लाख रुपैया आफनै स्वामित्वमा कार्यक्रम अगाडि बढाउने गरी बिनीयोजन गरेको छ ।
बिनीयोजित रकम मध्ये मुख्य प्राथमिकतामा पारिएका योजनामा सेरा जलबिधुत आयोजना ५०० किलोवाट प्रारम्भिक अध्यन तथा निर्माणमा १ करोड छुट्याईएको छ । खानेपानि समस्या ग्रस्त रहेको बुर्तिबाङ बजार खानेपानी निर्माण तथा ब्यबस्थापनमा १ करोड, साविक बुर्तिबाङ गाविस भवन मर्मत तथा ब्यबस्थापन १० लाख, तारजालि तथा खानेपानी पाईप खरिद तथा मागका आधारमा वितरणका लागि नगरपालिका भर ७० लाख, औचित्यका आधारमा नगरप्रमुख तोक आदेशबाट हुने अनुदानको आर्थिक सहायता कार्यक्रममा २० लाख, महिला सचेतना तथा आयआर्जन मुलक कार्यक्रमका लागि ७ लाख, दलीत शशतिmकरण तथा आयआर्जन मुलक कार्यक्रम ७ लाख, जेष्ठ नागरीक सम्मान तथा सहयोग कार्यक्रम ५ लाख,बिशेष बालबालीका सहयोग तथा संरक्षण कार्यक्रम ७ लाख बजेट बिनीयोजन भएको छ ।
त्यस्तै अपांग परिचपय पत्र वितरण तथा सहयोग कार्यक्रम अन्र्तगत ७ लाख, आदिवासी जनजाति उत्थान संस्कृर्ति पहिचान तर्फ ७ लाख, मेला महोत्वसमा १ लाख, फोहोर ब्यबस्थापन १० लाख, खोला ब्यबस्थापन तथा टटबन्ध निर्माण बुर्तिबाङ— अधिकारीचौर सम्म ३० लाख, नेवा खानेपानीसंग म्याचिङ कार्यक्रम ४० लाख, नगरप्रमुख राहत कोषमा ५ लाख, विपद ब्यवस्थापन तर्फ ५० लाख,नगरपालिका डिपिआर निर्माण तर्फ २० लाख, मेलमिलाप तथा न्यायिक समिती व्यवस्थापनमा ११ लाख, समपुरक अनुदान कोष तर्फ १ करोड, गर्पाखोला लघु जलबिधुत आयोजना मर्मत ढोरपाटन ६, ७, ८ र ९ को लागि २० लाख, ठुला योजनाहरुको डिपीआर निर्माण कार्यक्रम तर्फ २० लाख, नेपाल मगर संघ भवन निर्माण, वुर्तिवाङलाई १० लाख, विभिन्न लक्षित वर्गलाई सचेतनामुलक तथा सिपमुलक कार्यक्रम तर्फ ४० लाख रकम बिनीयोजन गरीएको हो ।
त्यस्तै बिषयगत शाखाअन्र्तगत शिक्षा तर्फ १ करोड २१ लाख ८५ हजार बिनीयोजन भएको छ । स्वास्थ्य तर्फ १ करोड ६६ लाख ८ हजार, पशुतर्फ ६१ लाख ३० हजार बिनीयोजन भएको छ । जसमा कृषक चेतनामुलक कार्यक्रम देखि दुग्ध उत्पादन, पशुपंक्षि उत्पादन तथा बजारीकरण लगाएतका कार्यक्रम रहेको हो । त्यस्तै कृर्षि तर्फ ७६ लाख ९९ हजार बिनीयोजन भएको छ । जसमा माटो परिक्षण देखि कृषकलाई अनुदान, प्रोत्साहन, बिभिन्न तरकारी फलफुलका बिरुवा तिवरण, लगाएतका कार्यक्रम प्राथमिकतामा छन् । आर्युबेद तर्फ १८ लाख ९५ हजार बिनीयोजन भएको छ ।
त्यस्तैगरी वडा नं १ देखि ९ सम्म बिशष्ो गरी पुर्वाधार बिकास कार्यक्रमलाई नै जोड दिईएको हो । जसमा बिभिन्न सडक निर्माण तथा स्तरीकरण, खानेपानी निर्माण तथा मर्मत, बिभिन्न क्लव, आमा समुह, बिधालयका भवन, खेलमैदान निर्माण, तटबन्ध निर्माण लगाएतका कार्यक्रमलाई वडा तहमा प्राथमिकता दिईएको हो ।
जसमध्ये वडा नं १ मा कुल ६६ लाख बजेट बिनीयोजन भएकोमा वडा नं २ मा ६७ लाख, ३ मा ६७ लाख ७० हजार त्यस्तै ४ नम्बरमा ८८ लाख, ५ मा ७० लाख, वडा नं ६ मा १ करोड ११ लाख, ७ मा ८२ लाख, ८ मा ६२ लाख र वडा नं ९ मा ८९ लाख रुपैया बजेट बिनीयोजन भएको छ । यसरी वडातहमा सबैभन्दा बढि वडा नं ६ र सबैभन्दा कम वडा नं ८ मा बिनीायेजन भएको पाईएको हो ।



















































































































































































































