बागलुङको तमानखोला गाँउपालिका कार्यपालिकाको बैठकले विभिन्न बिषयमा छलफल गदै गाउपालिकामा मदिराका कारण भएका घटनालाई रोक्नका निम्ति आवश्यक निती बनाएर अगाडि बढ्ने निर्णय पारित गरेको छ ।
गाँउघरमा दिउँसै मदिरा सेवन गरी होहल्ला गर्ने, नकारात्मक गतिविधिमा सरिक हुने जस्ता कार्य भएको भन्दै निर्णयअनुसार व्यवसायीले १८ बर्ष मुनिका बालबालिकालाई मदिरा, तथा सुर्ति जन्य पर्दाथ बेचविखन गर्न नपाउने, साँझ ६ देखि रातको ९ बजेसम्म मात्र मदिरा बेचविखन गर्न पाउने निर्णय पारित गरिएको हो । तोकिएको समयावधि भन्दा बाहेक अन्य समयमा मदिरा बेच्ने तथा सेवन गरेर होहल्ला गर्ने गरेको पाईएमा गााउपालिकाले तय गरेको निति बमोजिम कार्वाही प्रकृया अगाडि बडाउने निर्णय पारित भएका गाँउपालिका अध्यक्ष जोकलाल बुढाले बताए ।
आफुहरूले तय गरेको निर्णयलाई जो कसैले पनी कार्यान्वयन नगरको पाईएमा जनप्रतिनीधि,शिक्षक, कर्मचारी, प्रहरीका लागि पहिलो पटक रु ५ हजार जरिवाना गराईने छ । त्यस्तै सर्वसाधारण जनताले समेत उतm निर्णय कार्यान्य नगरेमा प्रति पटक रु ३ हजार रुपैयाका दरले जरिवाना अशुल्ने निर्णय गरीएको हो । उक्त कार्यका लागि गाँउपालिकाको रसिदमा रकम असुल गर्ने गरी नेपाल प्रहरीलाई जिम्मा दिईएको र सँकलीत रकम मध्ये ४० प्रतिशत प्रहरीलाई प्रोत्साहन स्वरुप उपलब्ध गराउने बाँकि ६० प्रतिशत रकम गाँउपालिका कार्यालयमा जम्मा गरीने निर्णय गर्दे जुवा,तास, लँुडो, खुत्रुके जस्ता खेलहरुसमेत खेलाएको पाईएमा सोहि वमोजिम कारबाही प्रकृया अगाडि बढाईने निर्णय पारित गरीएको गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत कमल गौतमले बताए ।



















































































































































































































