१२ कार्तिक २०८३, बुधबार

 

बागलुङ नगरको ६ नम्बर वडामा बने विषयगत समिति

बागलुङ नगरपालिका वडा नम्बर–६ मा वडा स्तरीय विभिन्न विषयगत समितिहरु गठन गरिएको छ । आइतवार वडा भेला गरि शिक्षा, मेलमिलाप र युवा तथा खेलकुद समितिको गठन गरिएको हो ।

वडामा रहेका विद्यालयको भौतिक पुर्वधार तथा शैक्षिक गुणस्तरलाई सुधार्न मद्दत पु¥याउने उद्येश्यल वडा अध्यक्ष खेमराज सापकोटाको संयोजकत्वमा गठन भएको समितिमा डम्वर बहादुर थापा, मधु खत्रि, कविराम किसान, पदमपाणी शर्मा, गणेश बोहोरा, कृष्ण प्रसाद सुवेदि, लक्ष्मण सापकोटा र सदस्य सचिव रुद्रबहादुर केसी रहेका छन् ।

त्यसैगरि वडालाई शान्तिप्रिय वडा निमार्ण गर्नका लागि समाजमा बसोवास गर्दा व्यत्तिगत तथा सामाजिक रुपमा मनमुटाव भै झै झगडा हुन गएमा सहज बातावरणमा समाधान गर्ने गरि पदमपाणी शर्माको संयोजकत्वमा ७ सदस्यीय मेलमिलाप समिति गठन गरिएको वडा अध्यक्ष खिमराज सापकोटाले बताए ।

त्यसैगरि युवाहरुको विभिन्न क्षेत्रमा रहेको क्षमता प्रस्फुटन गर्ने वातावरण सृजना गर्ने उद्येश्यका साथ १५ सदस्यीय युवा तथा खेलकुद समिति निमार्ण गर्ने भेलाले निणर्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung