ताराखोला गाउँपालिकाले ५ बटै वडामा गरिब परिचय पत्र बितरण कार्य सम्पन्न गरेको छ । गाउँपालिकाभित्रका कुल ४ सय ८३ जनाले गरिब परिचय पत्र पाएका ताराखोला गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको वडा नम्बर–१ अमरभुमीमा ६३ जना, वडा नम्बर–२ अर्गलमा ७० जनालाई गरिब परिचय पत्र प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तोपलाल भुषालले जानकारी दिए ।
त्यस्तै वडा नम्बर–३ हिलमा १०५ जना, वडा नम्बर–४ ताराको तल्लोमा ७५ जना र वडा नम्बर–५ ताराको माथिल्लोमा १७० जनाले गरिब परिचय पत्र पाएका छन् ।
ताराखोलामा गरिब परिचय पत्र गरिबले धनिले पाएको व्यापक गुनासो
शहर बजारमा घडेरी भएका, सरकारी जागिर र पेन्सनलालाले पाए गरिब भने टुलुटुलु हेर्दै
अति गरिबलाई सामान्य गरिबको परिचय पत्र
परिचय पत्र लिन समाजका हुने खानेहरुकै तँछाड–मछाड
गाउँपालिकाका प्रमुख राजनीतिक सल्लाहकारकै असन्तुष्टि
छुटेका गरिबलाई तत्काल दिन र सम्पन्नले पाएको परिचय पत्र खारेज गर्न माग
तथ्याङ्क संकलनमा लापरवाहि भएको हुनसक्ने
छुटेकालाई अर्को व्यवस्था गरेर समेटिने गाउँपालिकाको भनाई
गाउँपालिकाको तथ्यांक अनुसार सबै वडाका गरि २७० जनाले रातो रङ्गको अति गरिबको परिचयपत्र ११६ जनाले पहेलो रङ्गको मध्यम गरिबी परिचयपत्र र ९७ जनाले निलो रङ्गको सामान्य गरिबको परिचयपत्र प्राप्त गरेका छन ।
गरिब परिचय पत्र बितरण गरिएको भने पनि वास्तविक गरिबले परिचय पत्र नपाएको र पाएका मध्ये पनि जस्ले अति गरिब को परिचय पत्र पाउनु पर्ने हो उसले सामान्य गरिबको परिचय पत्र पाएको स्थानिय ले गुनासो गरेका छ्न ।
स्थानीयका अनुसार शहर बजारमा घर घडेरी भएका, पेन्सन वाला लाहुरे, सरकारी जागिर भएका परिवार, सयौं रोपनी जग्गा–जमिन भएका तथा आर्थिक अवस्था राम्रो भएकाले समेत गरिब परिचय पत्र प्राप्त गरेका छ्न ।
समाजका हुने खानहरु नै गरिबी परिचय पत्र लिनका लागि तछाडमछाड गरिरँहदा खान लाउन नपुगेर तिनै ब्याक्तीबाट बषौँअघि ऋण लिएर अहिलेसम्म तिर्न नसकेका गरिब परिवारहरु टुलुटुलु हेरेर बस्न बाध्य देखिन्थे ।
यस बारेमा गाउपालिकासंग बुझ्दा २०६९÷७० मा संकलन गरिएको तथ्यांक अनुसार तत्कालीन सहरी तथा गरीबी निबारण मन्त्रालयबाट गरिबको सुचिमा सुचिकृत भएका परिवारको नाम जिल्ला समन्वय समितिको कार्यालय बाग्लुङ मार्फत परिचय पत्र बितरण का लागि पठाइएकोले सोही अनुसार बितरण गरिएको बताइएको छ ।
जसले वास्तविक गरिब भएर परिचय पत्र पाउन छुटेको छ त्यस्ता परिवारलाई पुन अर्को ब्यबस्था गरि परिचय पत्र दिलाइने गाउँपालिकाले जनाएको छ ।
तथ्यांक संकलनका क्रममा संकलनकर्तालाई कतिपय परिवारबाट बास्तबिक तथ्यांक उपलब्ध नगराइँदा र संकलकले सहि तथ्यांक नउठाउँदा धनीले गरिबको सुचीमा र गरिब धनी को सुचीमा परेको हुन सक्ने विश्लेषण गरिएको छ ।
उता गाउँपालिकाले गरिब परिचय पत्र बितरण गर्दा कुनै पनि राजनैतिक दलसँग परामर्श नगरी एकलौटी गरेको भन्दै दलका प्रतिनिधिले समेत असन्तुष्टि व्यक्त गरेका छ्न । ताराखोला गाउँपालिकाका प्रमुख राजनैतिक सल्लाहकार समेत रहेका तत्कालीन नेकपा माओवादी केन्द्रका नेता नरेश केसीले गरिब परिचय पत्रका लागि गाउँपालिकामा तथ्यांक आइसके पछि कार्यालयले सर्बदलिय बैठक राखेर छलफल गरेको भए यति धेरै गुनासो न आउने गरि विकल्प खोजेर अगाडि बड्न सकिने बताए ।
स्थानीयले भने परिचय पत्र नपाएका वास्तविक गरिब लाई तत्काल परिचय पत्र बितरण गर्नुपर्ने र सम्पन्न ब्यक्तीले बुझेको गरिब परिचय पत्र छानबिन गरि खारेज गर्न माग गरेका छन ।
बागलुङ जिल्लाका विभिन्न स्थानीय तहमा परिचय पत्रका लागि सम्पन्न ब्यक्तीको नाम रहेको र परिचय पत्र लिन अस्वीकार गरेको समाचार आइरहँदा ताराखोला गाउँपालिका भने कसैले परिचय पत्र लिन अस्वीकार नगरेको खबर प्राप्त भएको छ ।



















































































































































































































