बागलुङको ढोरपाटन नगरपालिका र वडिगाड गांउपालिकाको सिमानामा पर्ने तुरतुरे भन्ने स्थानमा गएको निरन्तरको पहिरोका कारण मध्येपहाडि लोकमार्ग खुलाउन केहि समय लाग्ने भन्दै पश्चिम बागलुङका चार स्थानीय तहको पहलमा बैकल्पिक सडक सञ्चालनमा ल्याईने भएको छ ।
ढोरपाटन नगरपालिकामा बसेको एक बैठकले वडिगाड गांउपालिकाको भिमगिठे, छिस हुंदै सिस्नेरी, दर्लिङखोला हुंदै निसीखोला गांउपालिकाको भांजा ,राजकुट हुंदै ढोरपाटन नगरपालिकाको वडा नं २ तारीखेत सेरासम्म आउने गरी सवारीका साधन सञ्चालनमा ल्याउने तयारी गरीएको छ ।
चाडपर्वको समयमा बजारमा खाध्य वस्तु तथा अत्यावसेक बस्तु सामान तथा यात्रुलाई सहजता हुने गरी उतm सडक सञ्चालनमा ल्याउने निर्णय गरीएको हो । ढोरपाटन नगरपालिका, वडिगाड गांउपालिका, तमानखोला गांउपालिका र निसीखोला गांउपालिकाको पहलमा भोलिदेखिनै सडक मर्मत गर्ने र तत्काल सडक सञ्चालनमा ल्याउने निर्णय भएको ढोरपाटन नगरप्रमुख देवकुमार नेपालीले बताए ।
आजनै वडा नं २ र ३ का वडा अध्यक्षहरु युवराज महत,हेमेन्द्र घति र पत्रकार राम सुवेदीलाई सडकको अवस्थाको बिषयमा अध्ययनका निम्ति पठाईएको थियो । ढोरपाटन नगरप्रमुख देवकुमार नेपाली, वडिगाड गांउपालिका प्रमुख मेयरसिंह पाईजा, निसीखोला ७ का अध्यक्ष नहकुल कुवंर, ढोरपाटन नगर उपप्रमुख कर्मती पुन, ईलाका प्रशासन प्रमुख जनक थापा, ईलाका प्रहरी प्रमुख ओमप्रकाश यादब, समाजसेवी तुलिसराम अर्याल, चिन्तामणि शर्मा,केशर छन्त्याल , पत्रकार लगाएतको उपस्थितिमा भएको छलफलले यस्तो निर्णय गरीएको थियो ।
त्यस्तै बागलुङको तुरतुरे पहिरोमा परि ज्यान गुमाएका आयुव मियाकी ४० बर्षिय श्रीमती विविरण मियाको पहिरोमा पुरिएर ज्यान गएसंगै ढोरपाटन नगरपालिका कार्यालयको निर्णय अनुसार पिडित परिवारलाई नगद रु २५ हजार तथा वडिगाड गांउपालिका कार्यालयद्धारा २५ हजार गरी पचास हजार र ढोरपाटन नगर प्रमुख देवकुमार नेपालीद्धारा व्यातिmगत तर्फदेखि नगद रु १० हजार रुपैया राहत हस्तान्तरण गरीएको छ ।
मृतक मियाका परिवारद्धारा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा शवको पोष्टमार्टम पछि दाहासंस्कारका लागि आफनै गांउ अर्घाखाँचिको छत्रदेव गांउपालिका चिदिका लगिएको मृतकका श्रीमान आयुव मियाले बताऐ ।
त्यस्तै ढोरपाटन नगरपालिका २ सिमचौरमा पहिरोका कारण ताल बनेर घरगोठ दुवानमा रहेका परिवारलाई राहत स्वरुप ३ तले तिनको छानो भएको घर र एक गोठ दुवानमा परेका देविराम कुमालको परिवारलाई नगद रु ७५ हजार, २ तले तिनको छानोभएको घर र कुुखुरा फर्म दुवानमा परेका कृष्ण कुमालको परिवारलाई नगद रु ५० हजार , २ गोठ र ३ गोरु दुवानमा परेका चुडाबहादुर कुमाललाई नगद रु ४० हजार र गोठ दुवानमा परेका दुर्गा बहादुर कुमालका परिवारलाई रु २५ हजार रुपैया राहत उपलब्ध गराउने निर्णय पारित भएको छ ।
ढोरपाटन नगरप्रमुख देवकुमार नेपालीले आफनो व्यतिगत खर्चमा घर
दुवानमा परेका परिवारलाई घर बनाईदिने त्यसैगरी ढोरपाटन नगरप्रमुख देवकुमार नेपालीले आफनो व्यतिगत खर्चमा घर दुवानमा परेका परिवारलाई घर बनाईदिने र गोठ दुवानमा परेकालाई कर्कतपाता उपलब्ध गराईदिने प्रतिबध्धता जनाउनु भएको छ ।



















































































































































































































