प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई प्रवल जनसेवा श्री विभुषण प्रदान गरिएको छ । संविधान दिवसको उपलक्ष्यमा शेरचनलाई प्रवल जनसेवा श्री चतुर्थ राष्टिय विभुषण दिने निर्णय भएको हो ।
बागलुड नगरपालिका वडा नं ३ ,राधाकृष्ण टोलमा जन्मिएका शेरचनले विघामन्दिर माविबाट विस २०४५ सालमा एसएलसी उर्तीण गरेका हुन ।लामो समयदेखि प्रभु बैंकमा सेवारत शेरचनको नेतृत्वमा बैंकले ठुलो फड्को मारेको छ । शेरचन पर्यटन , कला ,साहित्य र सामाजिक सेवामा रुचि राख्छन ।

अशोक शेरचनले आफुले अध्ययन गरेको विघालय विघामन्दिर माविको नया भवनको लागि १२ लाख ५० हजारमा एउटा कोठा निर्माण गर्न आर्थिक सहयोग गरेका छन ।























































































































































































