२६ भाद्र २०८३, शुक्रबार

 

चन्द्रागिरि केबलकार भाइ टिकाको दिनमा समेत खुल्ला रहने

चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केबलकार लगायकाअन्य सेवाहरु तिहार विदाका सम्पूर्ण दिनहरूमा संचालनमाआउने भएको छ । दैनिक काममा व्यस्त रहने दर्शनार्थीहरू एवम् आन्तरिक तथाबाह्यपर्यटकहरूको सुविधालाई ध्यानमा राखेर विदाको दिनमा सेवादिने निर्णय चन्द्रागिरि हिल्स व्यवस्थापनले लिएको छ ।

यसै प्रेस बक्तब्यमार्फत चन्द्रागिरि हिल्स लिमिटेड परिसरमा संचालित सम्पूर्ण सेवाहरु विदाकादिनमा समेत साविकबमोजिम नै संचालनमाआउने व्यहोरा सम्बन्धित सवैको जानकारीकालागि अनुरोध गरिएको छ ।

ऐतिहासिक, साँस्कृतिकतथाप्राकृतिकमहत्वबोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतकापूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमाविकास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung