१२ कार्तिक २०८३, बुधबार

 

नेपाल संम्वत ११३९ को अवसरमा भिन्तुना ¥याली सम्पन्न, भोलि मूल समारोह हुँदै

नेपाल संम्वत ११३९ को सुखद उपलक्ष्यमा वुधबार बागलुङ बाजारमा भिन्तुना (शुभकामना) ¥याली सम्पन्न भएको छ । न्हु दँ ११३९ मूल आयोजक समिति र बागलुङ जेसिजको संयुक्त व्यवस्थापन तथा आयोजनामा ¥याली गरिएको हो ।

बागलुङ बजारको लोकतान्त्तिक चोकबाट सुरु भएको ¥याली बजारका मुख्य–मुख्य सडक तथा चोक हुँदै फेरि लोकतान्त्रिक चोकमै आएर नेपाल संबत्को शुभकामना बाँड्दै समापन भएको थियो । सो अवसरमा मोटरसाईकल ¥याली समेत गरिएको थियो ।

समापन कार्यक्रमको संचालन बागलुङ जेसिजका महासचिव एन्जल शाक्यले गरेका थिए भने न्हु दँ ११३९ मूल आयोजक समितिका संयोजक मुकेशचन्द्र राजभण्डारीले ¥याली कार्यक्रमको समापन गरेका थिए ।

नेपाल संवतको अवसरमा बिहीबार विहान ११ बजे लोकतान्त्रिक चोकमै मूल समारोह हुने आयोजकले जनाएको छ । तीन दिने विभिन्न कार्यक्रम गरि मनाउन लागिएको नयाँ नेपाल संबतको अवसरमा कार्तिक १८ गते शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung